OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ४, २०७८सुर्खेत
६६७ पटक

४ माघ २०७८, मंगलबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गर्नुभयो ।

उहाँले वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत निवासी २० वर्षीय गिर्वाणबाबु कोइरालालाई डिजिटल राहदानी प्रदान गर्नुभयो । उक्त कार्यक्रममा प्रजिअ रिजालले भन्नुभयो, “सुरुका दिनमा राहदानी बन्न एक महिना लाग्थ्यो अब छोटो समयमै बन्ने भएको छ । यसले समय, पैसा र कागजको बचतका साथै सेवा प्रवाह पनि सहज बन्दै गएको छ ।”

उहाँका अनुसार १० दिनमा ११८ राहदानी बनेका छन् । हस्तलिखित, एमआरपी हुँदै अहिले डिजिटल राहदानी आइपुग्दा यसले मानव जीवनलाई पनि अँझ बढी सफल बनाएको जनाउनुभयो । राष्ट्रिय परिचय पत्र भरेकाले राहदानी शाखा शालामा रुजु गरेर लाग्ने शुल्क रु.पाँच हजार तिरेपछि राहदानी प्राप्त हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्