OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १३, २०७८सुर्खेत
९७२ पटक

१३ मंसिर २०७८, सोमबार

सुर्खेत पश्चिममा रहेको चौकुने गाउँपालिका ४ बिजौरा पोस्टमा कार्यरत वनरक्षक मृत अवस्थामा फेला परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत निवासी ४६ वर्षीय वनरक्षक महानन्द आचार्य शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन् । उनलाई चौकुने गाउँपालिका ४ भुँडेभावरका रहेको कर्णाली सामुदायिक वनका अध्यक्ष गंगाराम बिसीको घरमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

बिसीको घरमा बसेका वनरक्षक बिहान अबेरसम्म नउठेपछि ९ः०० बजे उनको सुत्ने कोठामा हेर्दा कुनामा मृत अवस्थामा भेटिएको भनि स्थानीयले प्रहरीलाई खबर गरेको सूचना अधिकारी घर्तीले बताउनुभयो । सूचना पाउनेबित्तिकै सोमबार ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट प्रहरी निरीक्षक टेकबहादुर देउवाको टोली पुगेर स्थलगत मुचुल्का गरी शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याईएको तर जाहेरी नआएकाले परीक्षण नभएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्