OnlinePana

आज : २०८१ माघ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १, २०७८काठमाडौं
७०४ पटक

१ मंसिर २०७८, बुधबार

कात्तिक २९ गते मध्य राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी भयो । आगलागीबाट त्यहाँका २१ घर खरानी बने । करोडौंको धनमाल क्षति भयो । घर जलेर नष्ट भएपछि करिब १५० भन्दा बढी नागरिक विस्थापित भए ।

त्यही समस्यालाई तत्काल सम्बोधनका लागि मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाही राहत लिएर मुगु जाने तयारी गरेपनि प्राविधिक कारण जानु सक्नुभएन । आज बिहान ८ः३० बजे भने ३०० थान कम्बल, एक÷एक सय थान स्वीटर र ज्याकेट, ७० केजीको २१ थान टेण्ट लिएर मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारको टोली सदरमुकाम गमगढी पुग्यो ।

पीडित परिवारलाई प्रदेश सरकारले सुर्खेतबाट लिएको राहत वितरण गर्या्े । निकै जाडो बढेको मंसिरको समयमा बास, कपास र गास नै सकिने गरी क्षति व्यहोरेका अग्निीपीडितहरु प्रदेश सरकारको टोली त्यहाँ पुग्दा चिसोले थरथर कामिरहेका थिए । सरकार त्यहाँ पुगेपछि निकै आशा र भरोशाका साथ केही पाउने ध्याउन्नमा पीडित स्थानीयहरु लामवद्ध भए ।

मुख्यमन्त्री शाहीसहितको टोली त्यहाँ पुगेर उनीहरु सबैको अवस्था बुझ्न खोज्दा पीडितहरुबीच केहीबेर रुवाबासी नै चल्यो । धनमालसहित घर पूर्णरुपले जलेका परिवारहरुले रुँदै भने, यो कठ्याङ्निे जाडोमा सबै जलेर खरानी भयो । हिजोदेखि हामी सुकुम्बासी भईसक्यौं । अब जतिसक्दो छिटो गास, बास र कपास चाहियो, मुख्यमन्त्रीज्यू !

अग्निपीडित एङ्गल लामा, झोम्बा, ठिन्ले लामा, रतनबहादु जानबहादुर शाहीलगायत जीवन सडकमा गएको पीडा पोख्दै मुख्यमन्त्री शाहीले गास, बास र कपासको व्यवस्थापनका लागि अनुरोध गरेका थिए । उहाँले जनताको पीडा दुःख साथ दिँदै व्यवस्थापनका प्रदेश सरकारले जतिसक्दो सहयोग गर्ने वचन दिनुभएको थियो ।

पीडितहरुको बारेमा छलफल गर्दा जनता आवास कार्यक्रमबाट सहयोग गर्नुपर्दछ भन्ने कुरा निस्केको यद्यपि यसबारे प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बसेर टुंगो लगाउने मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । हामीले त्यहाँ पुग्दा २५ घर जलेको भन्ने विवरण आयो तथापि त्यहाँको यथार्थ विवरण पठाउन जिल्ला प्रशासन कार्यालय मुगुलाई निर्देशन दिएका छौं ।

उहाँले त्यहाँका पीडितको समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । यता जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको समन्वयमा मारवाडी समिति काठमाडौंले मुगुका अग्निपीडितलाई लत्ताकपडासहित रु.दुई लाख सहयोग गरेको जानकारी दिनुभयो । पीडितहरुको यथार्थ तथ्याङ्क संकलनका लागि टोली खटिएको उहाँको भनाई थियो ।

मुख्यमन्त्री शाहीसहित नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, प्रदेशसभा सदस्य झोवा विक, प्रमुख सचिव राजकुमार श्रेष्ठ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यसहितको प्रदेश सरकारको टोली मुगु पुगेर आजै राजधानी सुर्खेत फर्केको छ ।

प्रतिकृया दिनुहोस्