OnlinePana

आज : २०८३ आषाढ २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्रबहादुर शाहीआषाढ २२, २०८३जुम्ला,
६७ पटक

नेत्रबहादुर शाही/जुम्ला,
असार २२ गते । आईएनएफ नेपाल जुम्ला शाखाद्धारा गुठिचौर गाउँपालिकामा गरिएको कामहरुको सामाजिक लेखापरीक्षण गरिएको छ ।
जिल्लाको गुठिचौर गाउँपालिकामा संचालित कार्यक्रमको एक कार्यक्रमका बिच सामाजिक लेखापरीक्षण सम्पन्न भएको हो । कार्यक्रममा आर्ईएनएफले गरेका कामको सवालमा प्रगति, अवस्था र आगामी कार्यक्रमको बिषयमा सरोकारवाला निकायलाई जानकारी समेत गरिएको छ ।

आईएनएफ जुम्ला शाखा प्रमुख ईन्द्र बहादुर विश्वकर्माले गुठिचौरमा महिला सशक्तिकरण, जीविकाेपार्जन र समावेशीकरण परियाेजना   (ईनेवल)परियोजना अन्तरगत सामाजिक लेखापरीक्षणमा संस्थाको कार्यप्रगतिको प्रस्तुतिकरण गर्नु भयो । उहाँले गुठिचौर गाउँपालिकामा स्वाबलम्बन समुह परिचालन, बचत संकलन, शिप विकास, आयआर्जन, सचेतना कार्यक्रम, रिफरका लागि उपचार सहितका विभिन्न गरिएका कामहरुको बिषयमा जानकारी दिनुभयो । उहाँका अनुसार आईएनएफले गरेका कामको बिषयमा स्थानीय सरकारलाई समेत जानकारी भएको बताउनुभयो ।

सामाजिक लेखा परीक्षण कार्यक्रममा स्थानीय सरकारले समेत आईएनएफ जुम्लाले गरेको कामको प्रशंसा गरेको छ । सामाजिक लेखा परीक्षण कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य लग्नमाया भण्डारीले आईएनएफले महिलाहरुको शशक्तिकरणमा शुरु गरेको काम प्रेरणादायी रहेको बताउनुभयो । उहाँका अनुसार महिलाहरुले गाउँमा उठाउन थालेको बचतले सामान्य काममा सहज भएकोमा जोड लिनु भयो । उहाँले स्थानीय तहले राम्रा काममा सघाउन जोड दिनुपर्ने बताउनुभयो । वडा नम्बर ४ का अध्यक्ष तथा सामाजिक समितिका संयोजक कमलबहादुर महतले आईएनएफले गरेका राम्रा काम स्थानीयतहले सिक्नुपर्ने बताउदै परियोजना अन्तरगत पाएका शिप तथा तालिमको भरपुर प्रयोग गर्न अनुरोध गर्नुभयो । वडा नम्बर ४ का अध्यक्ष टिकादत्त न्यौपानेले आईएनएफ जुम्लाका कामहरु सृजनशिल भएकाले केही काममा वडापालिकाले सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । गुठिचौर गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मरराज गिरीले आईएनएफले समुहमा बनाईरहेको कार्ययोजना महत्वपुर्ण रहेकोमा जोड दिनुभयो ।

उहाँले आईएनएफलले लामो समयदेखी काम गर्दै आएकाले आगामी बर्ष पनि गुठिचौरमा काम गर्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले आगामी बर्षमा के काम गर्ने भन्ने बिषयमा योजना पनि बनाएर नमुना काम गर्दै आएकोमा जोड दिनुभयो । सामाजिक लेखापरीक्षणमा सहभागी विन्दासैनी आमा समुहका अध्यक्ष शुसिला पाण्डे शाहीले आईएनएफले समुहमा गरेको लगानी महत्वपुर्ण भएको बताउदै प्रयोगमा ल्याउने प्रयास भईरहेकोमा जोड दिनुभयो ।

समुहका सदस्य तथा सेवाग्राहीले कार्यक्रममा राम्रा पक्ष तथा सुधानुपर्ने बिषयमा सुझाब दिएका थिए ।

सामाजिक लेखापरीक्षणको सहजीकरण पत्रकार नेत्रबहादुर शाहीले गर्नु भएको थियो । उहाँले आईएनएफले जुम्लाको विकास निर्माण तथा सामाजिक चेतना, स्वास्थ्य क्षेत्रमा गरेको योगदान उदाहरणीय रहेको सुझाव समेत राख्नु भयो । उहाँले आईएनएफका राम्रा कामहरु स्थानीय सरकारले समेत आगामी बजेटमा ल्याउन अनुरोध गर्नुभयो । उहाँले जुम्लामा आईएनएफकाे सधै आवश्यकता रहेकामा जाेड दिनुभयाे ।

ईनेवल परियाेजना अन्तरगत आईएनएफले यश बर्षमा रू ८० लाख बजेट बिनियाेजन गरेकाे जानकारी दिनुभयाे ।

 

प्रतिकृया दिनुहोस्