OnlinePana

आज : २०८३ साउन ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पुर्णराज बुढा साउन ६, २०८३जुम्ला / कनकासुन्दरी
१०५ पटक

 

जुम्ला/ साउन ६ गते ।

जुम्लाकाे कनकासुन्दरी गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेकाे छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ काे बार्षिक प्रतिवेदन र आर्थिक प्रगतिकाे समिक्षा गरिएकाे हाे ।

सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले भएका काम र आर्थिक प्रगति सुनाउनु भयाे । प्रशासकिय अधिकृत भण्डारीका अनुसार ७३.९५ प्रतिशत आर्थिक खर्च मध्य ८९.६० प्रतिशत र चालू खर्च ८९.८८ प्रतिशत खर्च भएकाे छ ।

उहाँले सार्वजनिक सुनुवाईमा उठेका महत्वपुर्ण सवाल तथा प्रश्नका लागि धन्यवाद दिनु भयाे । सार्वजनिक सुनुवाईमा मिडियामा गाउँपालिकाका बिषयमा आएका समाचार केहाे ? भन्ने नागरिककाे प्रश्ननमा उहाँले याे मलेपले उठाएकाे कुरा हाे । याे कुरा जतिवेला मलेप प्रतिवेदन आयाे त्याे वेला आएन अहिले प्रतिसाेध भएकाे बताउदै भ्रम नहुन दावी गर्नु भयाे ।

गाउँपालिका अध्यक्ष दामाेदर आचार्यले सार्वजनिक सुनुवाईमा उठेका प्रश्नकाे उत्तर दिनुभयाे । उहाँले विकास निर्माणमा अपुग भएका कुरा प्रयास गर्नेछाै ।

उहाँका अनुसार गाउँपालिकाकाे २४ सय बर्गमिटर जग्गा लिईसकेकाेले साउनमै कार्य अगाडि बढ्ने बताउनुभयाे ।
उहाँका अनुसार राष्ट्रिय प्रसारण लाईन जाेडेर टेलिफाेन निरन्तरता गरिने बताउनु भयाे ।उहाँका अनुसार कनकासुन्दरीमा तेर्सिएका सवालका बिषयमा छलफल गर्न पत्रकार महासंघ र पत्रकार जगतलाई अनुराेध गर्नुभयाे । उहाँका अनुसार जनताका लागि गरेका काम सत्य भएकाे उहाँकाे दावी छ । हामाे काम सत्य भएकाले डराउन नहुने बताउनुभयाे । उहाँले मलेपकाे रिपाेर्ट सवै गाउँपालिकाकाे समाचार बनाउन अपिल गर्नुभयाे ।

गाउँपालिबा उपाध्यक्ष प्रेमकली बुढाले कनकासुन्दरी गाउँपालिकाकाे सवैभन्दा टाढा वडा नम्बर मर्फान र रियामा स्वास्थ्य कर्मी तत्काल खटाईने बताउनुभयाे ।

उहाँले संचार माध्यामलाई कनकासुन्दरी गाउँपालिका मात्रै नभई जिल्लाभरका पालिकाकाे मलेप प्रतिवेदन सार्वजनिक गर्न अनुराेध गर्नुभयाे ।

वडा नम्बर नम्बर १ का अध्यक्ष भिम भण्डारीले कनकासुन्दरी गाउँपालिकाकाे विकास समृद्विमा एक जुट भएर अगाडि बढिरहेेकाे बताउदै सही कुराकाे सही र गलत कुराकाे गलत भन्न आवश्यक रहेकाे बताउनु भयाे ।

 

सार्वजनिक सुनुवाईमा कनकासुन्दरीकाे भवन निर्माण चाडै हुनुपर्ने, बत्ती नवलेका बस्तिमा बत्ति बाल्न, याेजन नपुगेका सवालमा

 

कार्यपालिका सदस्य चन्द्रकली बुढाले गाउँपालिकामा भएका विकासका बिषयमा थप प्रष्ट गर्नु भयाे । उहाँले काम भएकाे हेर्न वडामा आउन सवैलाई अनुराेध गर्नुभयाे ।

लक्ष्यभन्दा बढि राजश्व उठाउन सफल :

गाउँपालिकाले लक्ष्य भन्दा बढि राजश्व संकलन गर्न सफल भएकाे छ । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले आ.व. २०८२/०८३ मा ३२ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य थियाे तर ४४ लाख ९३ हजार दुईसय २० उठेकाे छ । गाउँपालिकाका अनुसार वडा नम्बर ३ मा मात्रै रू १० लाख १७ हजार दुईसय ३९ उठेकाे छ ।

सार्वजनिक सुनुवाईमा राजनितिकदल, स्थानीय नागरिक सहित २० जना बढिले विकास, सुशासन, र पार्दशिता बिषयमा जिज्ञासा तथा राखेका छन् । भने जनप्रतिनिधि, कर्मचारीले उठृका सवाल र प्रश्नकाे जिज्ञासा मेटाउनु भएकाे छ । सार्वजनिक सुनुवाईकाे सहजीकरण सिंञ्जा मल्टिमिडियाले गरेकाे थियाे ।

 

प्रतिकृया दिनुहोस्