OnlinePana

आज : २०८३ साउन २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २, २०८३जुम्ला
६७० पटक

 

जुम्ला/साउन २ गते ।

कर्णाली राजमार्ग नाग्म जुम्ला सड्क खण्ड बसपार्कमा स्कुटर दुर्घटना हुदा एक जना पुरूषकाे मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यलय जुम्लाका सुचना अधिकारी सालिकराम खनालका अनुसार आज मिति २०८३ साउन २ गते अन्दाजी ७ बजेर पाँच मिनेटकाे समयमा जुम्ला चन्दननाथ नगरपालिका ६ बसपार्क स्थित नाग्मा -जुम्ला सडक खण्डमा दैलेख दुल्लु नगरपालिका ३ बस्ने बर्ष अन्दाजी ४८ को मिन बहादुर साउदकाे स्कुटर दुर्घटनामा मृत्यु भएकाे छ ।

जुम्ला बजार देखि नाग्मा रारालिही तर्फ चलाई लगेको क.प्र.०१-००१प २७८२ नं को स्कुटर आफै अनियन्त्रित भई सडकको बायाँ साईडमा पल्टिन गई दुर्घटना हुँदा घाइते भई उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ल्याई उपचारकाे क्रममा निधन भएकाे प्रहरीले जनाएकाे हाे ।

टाउकोमा चोट लागेर बोल्न नसक्ने अबस्था गम्भिर रहेकोमा उहाँलाई उपचारको क्रममा १९:२० बजे कर्णाली प्रतिष्ठानमा खटिएको चिकित्सक टाेलीले मृत घोषणा गरेको छ ।

उक्त घटनास्थानमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक शालिकराम खनालको कमाण्डमा ५ जानको प्रहरी टोली खटिगएको थियाे ।

प्रतिकृया दिनुहोस्