OnlinePana

आज : २०८३ साउन २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १, २०८३काठमाडौं
६ पटक

१ असार २०८३, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेशभर स्नेह र मौलिकताको पर्व साउने संक्रान्ति आज भव्यताका साथ मनाइएको छ । मूलतः माथिल्लो कर्णालीबासीले विशेष महत्वका साथ मनाउने यो पर्व पछिल्लो समयमा कर्णाली प्रदेशका दशवटै जिल्लाबासीले मनाउदै आएका छन् ।

विशेषगरी लुतो फाल्ने पर्वका रुपमा परिचित यो पर्व मानव जीवन र समाजमा भएका बेथिति, विकृत चीजको अन्त्य होस् मनोकांक्षा राखेर मनाउने गरिन्छ । अर्कोतर्फ राँकोको उज्यालोमा यो संक्रान्तिले कर्णालीको संस्कृति झल्काउने कथन पनि गरिन्छ । खास स्नेत, सौन्दर्य र शुद्ध वातावरणले भरिपूर्ण मानिने यो पर्वमा आफसी मिलन, सद्भाव साटासाट हुने गर्दछ ।

कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार साउने संक्रान्ति मनाउने प्रकृति भिन्न खालको छ । आफ्नो विपरीत पक्षलाई गाली गरिन्छ यद्यपि यसले एक अर्कोको परिचय र पहिचान झल्काउँछ । समाज र वातावरणमा भएको फोहर सफा गर्नुपर्छ भन्ने मान्यताबाट प्रेरित पर्वले कर्णालीको भाषा, कला, संस्कृति, सभ्यता र संस्कारको अस्तित्वलाई जीवन्त राख्दै आएको आचार्यले बताउनुभयो ।


साउने संक्रान्तिका साथै कर्णालीमा आज देउडा खेल पनि सम्पन्न गरिएको छ । कर्णालीको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र मनोवैज्ञानिक भाव एवं अवस्थालाई गीत र शारिरीक हाउभाउद्वारा व्यक्त गरिने देउडा खेल कर्णालीको लोकप्रिय खेल भएको देउडा गायिका मनसरा शाहीले बताउनुभयो । उहाँका अनुसार यसमा गीति लय, शब्द, भाव, सपना, सोच र उर्जा सबै मिसिएको हुन्छ ।

देउडा खेललाई संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने ध्येयले यस पटक कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले देउडाका पारखीहरुलाई प्रोत्साहित गर्न ‘देउडा उत्सव २०८३’ को आयोजना गरेको मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिनुभयो । सम्पन्न उत्सवले देउडा पारखीहरुलाई आफ्नो प्रतिभा र सिर्जना प्रदर्शन गर्न उत्साहित गरेको उहाँको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्