OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीकार्तिक २९, २०७८जुम्ला,
९५२ पटक

तस्विर: सवै नेत्र शाही सिञ्जा लामाथाडामा
कात्तिक २९ गते । तत्कालिन खस राज्यको राजधानी जुम्लाको सिञ्जाबाट सिञ्जा सभ्यता विधेयकको बिषयमा सूझाव संकलन गरिएको छ ।

कर्णाली प्रदेशसभामा दर्ता भएको “सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेक २०७८ को” स्थानीय स्तरमा सूझाव संकलन गरिएको हो ।

सूझाव संकलन गर्न जुम्ला प्रदेशसभा (क) का सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, कर्णाली प्रदेशसभा सचिव जिवराज बुढाथाकी सहित कर्मचारीहरुको टोली सिञ्जा क्षेत्रमा पुगेर स्थानीय बुद्धिजिवी र जनप्रतिनिधि र सरोकारवाला निकायको सूझाव संकलन गरेको छ ।

कर्णाली प्रदेशसभामा २०७८ साल असोज १० गते सांसद नरेश भण्डारीले सांसद पदम रोकाया र दिनवन्धु श्रेष्ठको समन्वयमा दर्ता गराउनु भएको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकमा थप समेटिनु बिषयमा सूझाव दिईएको छ । जुम्लाका स्थानीय, खसभाषाका जानकार, लेखक, बुद्धिजीविले विधेयक सिञ्जा सभ्यता संरक्षण गर्ने ऐतिहासिक कानूनी दस्तावेज हुने भएकाले दर्ता गर्ने सांसद र प्रदेश सचिवालयलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनिहरुले सुतेको लामाथाडा विउझाउने एक राज्यको ठूलो कडि विधेयक चाडै प्रदेश सभा संसदमा पारित गर्न कर्णालीका जनप्रतिनिधिहरुलाई अपिल समेत गरेका हुन् ।
स्थानीय खसभाषाका जानकार तथा जुम्ली शब्दकोष खसिया आखारका प्रधान सम्पादक रमानन्द आचार्यले भाषा जन्माएको, संस्कृति जन्माउने सिञ्जामा सभ्यताको छलफल र सुझाव दिन पाउदा खुशी भएको बताउनुभयो । उहाँले विधेयक चाडै पास गर्न कर्णाली प्रदेशसभाका सवै सांसदलाई अनुरोध गर्नुभयो । उहाँले कर्णालीको मुहार फेर्ने स्वास्थ्य क्षेत्रको धरोहर स्वास्थ्य विज्ञान प्रतिष्ठान पछि सिञ्जा संरक्षण विकासको कल्पना गर्नु भएकोमा भाषा र संरक्षण गर्ने काम थाल्नु भएकोमा विशेष धन्यवाद दिदै मनवचन कर्मले सहयोग गर्न सर्वलाई आग्रह गर्नुभयो ।

स्थानीय खसभाषा र सस्कृतिका जानकार तंगनाथ उपाध्यायले सिञ्जा विधेयक दर्ता भयो भने ठूलो गौरव हुने भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सताब्दी पुरुष सत्यमोहन जोशी सहितका लेखकले चिनाई दिएको सिञ्जाको ईतिहास कान्ुन निर्माण भयो भने पुरा हुने अपेक्षा गर्नुभयो । उहाँले हाम्रो थाक थलो थाडा र वाडा सहित विभिन्न अनुसन्धान गर्ने प्रकारले विधेकमा सूझाव दिन अनुरोध गर्नुभयो ।
जुम्ला बहुमुखी क्याम्पसका सहायक प्रमुख प्रकाश चन्द्रखत्रीले खसभाषालाई जगेर्ना गर्ने, सस्कृतिलाई जगेर्ना गर्ने तरिकाले विधेयकमा समेटिनुपर्नेमा जोड दिनुभयो । उहाँले हिजो काठमाण्डौका केही लेखकले लेखेका केही ईतिहास वाहेक केही नभएको भन्दै ऐतिहास जिउदो गर्नेमा विधेयक कोसे ढुंगा हुनेमा जोड दिनुभयो ।

कर्णाली प्रदेशसभामा २०७८ साल असोज १० गते सांसद नरेश भण्डारीले सांसद पदम रोकाया र दिनवन्धु श्रेष्ठको समन्वयमा दर्ता गराउनु भएको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकमा थप समेटिनु बिषयमा सूझाव दिईएको छ । जुम्लाका स्थानीय, खसभाषाका जानकार, लेखक, बुद्धिजीविले विधेयक सिञ्जा सभ्यता संरक्षण गर्ने ऐतिहासिक कानूनी दस्तावेज हुने भएकाले दर्ता गर्ने सांसद र प्रदेश सचिवालयलाई धन्यवाद ज्ञापन गरेका छन् ।

खसभाषा र कर्णाली क्षेत्रमा कलम चलाउने लेखक माधव प्रसाद चौलागाईले कर्णाली क्षेत्रको ईतिहास लेखकहरुले लेखेकोमा अपुरा रहेकाले अव हामी अगाडि बढ्नुपर्ने अवस्थामा सिञ्जा सम्वन्धित हुने काम ऐतिहासिक हुन्छ । विधेयकले हामीलाई कसरी फाईदा पुरयाउला भन्ने कल्पना गरिरहेको बताउनुभयो । उहाँले ईटालीका जुसेफ टुचीले गर्नुभएको अनुसन्धानमा कर्णाली अध्यारो क्षेत्र वा थाहा नपाईएको ठाउँ भनेर भनिएको तर ईटालीको रोम सभ्यता भन्दा सिञ्जा ठूलो भएको बताउनुभयो ।

प्रदेशसभा सांसद तथा पूर्वमन्त्री नरेश भण्डारीले सिञ्जा सभ्यता र विकासमा जोड दिन सिञ्जा संरक्षण विधेयक दर्ता गरिएको र चाडै पास हुनेमा सवैको सहयोग आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले जुम्लाका तिनै जना सांसदले एकमत भएर विधेयक पास गराउन गृहकार्य गर्नुपनेमा जोड दिनुभयो । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कार्यक्रमको वारे जानकारी गर्नुभएको थियो ।

गत असोज १० गते दर्ता भएको सिञ्जा विधेयक माथी डेड दर्जनले सूझाव दिनुभएको र लिखित रुपमा समेत सूझाव संकलन गरिएको छ । स्थानीय हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले विधेयकको सभामा सिञ्जा –क) क्षेत्रका सवै गाउँपालिका सिनेट सदस्य हुनुपर्ने सूझाव दिनुभयो ।

कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरविर रावतले विधेयक महत्वपूर्ण भएकाले पास गराउन प्रदेशसभा सवै सांसदलाई अनुरोध गर्नुभयो । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी, बुद्धिजिवी खडानन्द चौलागाई, गौरीलाल उपाध्याय, बलिराज शाही, डिल्लीप्रसाद तिवारी, प्राध्यापक डाक्टर दिनेश बास्तोला सहित डेड दर्जनले सूझाव दिएका छन् । कार्यक्रममा खस सस्कृति बिषयका देउडा, मागल, झोडा लगायतका नाचहरु प्रदर्शन गरिएका थिए ।

प्रतिकृया दिनुहोस्