OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक ११, २०७८काठमाडौं
७५७ पटक

धादिङ, कात्तिक ११ गते । मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेको जन्म धादिङको गजुरी गाउँपालिका वडा नं. २ मा भएको हो । एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी पाण्डे एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को वाग्मती प्रदेश संसदीय दलको नेता हुनुहुन्छ । २०२९ सालमा एसएलसी उत्तीर्ण गरेपछि राजनीतिमा होमिनु भएका पाण्डेले २०३० साल असारमा काठमाडौंको सरस्वती क्याम्पसमा भर्ना भएपछि प्रगतिशिल बिद्यार्थीहरुको तर्फबाट राजनीतिक सक्रियता बढाउनुभयो ।
२०३२ सालको बिद्यार्थी आन्दोलनको सरस्वती क्याम्पसको तर्फबाट नेतृत्व गर्नुभएका पाण्डे पक्राउपछि जेल पर्नुभयो । यसै क्रममा जेलमा झापाली राजवन्दीसँग भेट भई झापा आन्दोलनलाई मन पराउँदै सोही पार्टीको कमिटिमा जेल देखिनै संगठित हुनुभएको थियो । २०३३ बैशाखमा ८६ औं अन्तरराष्ट्रिय श्रमिक दिवस मनाउने क्रममा पुनः पक्राउ पर्नुभयो र राष्ट्र विप्लवको मुद्दा अन्तर्गत १० हजार रुपियाँ जरिवाना सहित १० बर्ष जेल पर्नुभयो ।
मुख्यमन्त्री पाण्डेले सुरुदेखि हालसम्म निर्वाह गरेको प्रमुख जिम्मेवारी अन्तर्गत २०३३ साल श्रावणमा केन्द्रिय कारागारमा जेल कमिटिको सदस्य, २०३४ साल श्रावणमा प्रथम भ्यालि अर्गनाईजिङ कमिटिको सदस्य, २०३६ कार्तिकमा प्रथम जिल्ला पार्टी सक्रिय दल धादिङको सचिव रहेको छ । २०४२ साल पौष पछि २०४७ पौषसम्म जिल्ला कमिटि धादिङको सदस्य, २०४७ साल पौष देखि २०५२ सम्म जिल्ला कमिटि धादिङको पुनः सचिव बन्नु भयो । तत्कालिन अवस्थामा सचिव नै पार्टीको प्रमुख रहने व्यवस्था थियो । पाण्डे २०५० साल बैशाख २० गतेदेखि नेपालगञ्जमा सम्पन्न छैटौं महाधिवेशनसम्म अञ्चल सचिव, २०५५ मंसिर ५ देखि नेकपा एकिकृत समाजवादी पार्टी दर्ता नहुँदासम्म नेकपा एमालेकै केन्द्रिय कमिटि सदस्य हुदै हाल पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
पाण्डेका महत्वपूर्ण राजनैतिक तथा सामाजिक आन्दोलनको क्षेत्रमा सकृय सहभागिता रहँदै आएको छ । सिक्किमलाई भारतमा गाभ्ने कार्यको बिरुद्ध राष्ट्रियताको आन्दोलन, २०३२ सालको बिद्यार्थी आन्दोलन, २०३६ सालमा बहुदलीय व्यबस्था प्राप्तिको लागि भएको आन्दोलन, २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्व गर्दै आन्दोलनलाई विजयको शिखरसम्म पु¥याएको अनुभव पनि पाण्डेको छ । २०६० सालदेखि ०६२/०६३ सम्म राजाद्वारा गरिएको प्रतिगमन बिरोधी आन्दोलनमा आन्दोलन परिचालन कमिटीको सचिव भई नेतृत्व समेत प्रदान गर्नुभएको छ ।
विभिन्न समयमा भूमिगत,निर्वासित, पूणकालीन र अंाशिक रुपमा जिम्मेवारी पूरा गर्दै आउनु भएका पाण्डे २०३१ सालमा १७ दिन, २०३२ सालमा १४२ दिन, २०३३ सालमा एक बर्ष, २०३७ सालमा शिक्षक आन्दोलनमा २८ दिन, २०३८ सालमा ३६ दिन, २०४२ सालमा ९ महिना, २०४४ सालमा जनपक्षीय जिल्ला सभापतिको हैसियतमा भण्डाफोरको नीतिलाई फाल्गुण ७ गते भाषण गर्दा ३ बर्ष जेल र ३ हजार जरिवानाको राजकाज मुद्दा सहितको जेल जीवन पनि बिताउनु भएको छ ।
प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक मध्येका एकजना पाण्डे पनि हुनुहुन्छ । उहाँले २०४८ र २०५० सालमा सम्पन्न दुईवटा राष्ट्रिय सम्मेलनमा भाग लिई तात्कालीन प्ररायु संघ केन्द्रीय कमिटीको सचिब बन्नुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनको जन्मदाता मध्येपनि पाण्डे एकजना हुनुहुन्छ । उहाँले संगठनको धादिङ जिल्ला कार्य समितिको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी समेत पूरा गर्नुभएको छ ।
२०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा धादिङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा लगातार ३ पटक निर्वाचित हुनुभएका पाण्डे २०६४ सालको संविधानसभा निर्वाचनमा भने पराजित हुनुभयो । २०६३ जेष्ठ ८ गतेदेखी २०६३ चैत्र १८ गतेसम्म स्थानिय बिकास मन्त्री समेत बन्नु भएका पाण्डे २०७० सालको दोस्रो संबिधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं. ३ बाट पुनः निर्वाचित हुनुभयो । २०७४ सालको प्रदेश सभा निर्वाचनमा भने धादिङ क्षेत्र नं. १ (क) बाट उहाँ प्रदेशसभामा निवार्चित हुनुभएकाे थियाे । गाेरखापत्रबाट

प्रतिकृया दिनुहोस्