OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २०, २०७८सुर्खेत
५८३ पटक

२० भाद्र २०७८, आईतबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष राजकुमार शर्माले सिंगो कम्युनिष्ट आन्दोलनको शुद्धीकरण आवश्यक रहेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति सम्वद्ध जनवर्गीय संगठनको प्रशिक्षण भेलालाई आज वीरेन्द्रनगर सुर्खेतमा सम्बोधन गर्दै अध्यक्ष शर्माले पछिल्लो समयमा कम्युनिष्ट आन्दोलन भद्रगोल बनेको बताउनुभयो । “आन्दोलन भद्रगोल त छ नै तर त्यसैमा माओवादीले गोल हान्न सक्ने सामाथ्र्य राख्नुपर्दछ,” उहाँले भन्नुभयो, “यसमा क्रान्तिकारी पार्टीको औजारका रुपमा रहेको जनवर्गीय संगठनले विशेष भूमिका खेल्नुपर्दछ ।”

अध्यक्ष शर्माले संविधान, संघीयता, धर्मनिरपेक्षता, समानुपाति र समावेशिता माओवादीको उपलब्धी भएको दावी गर्दै यसमा टेकेर बाँकी कार्यभार पुरा गर्नुपर्नेमा जोड दिनुभयो । कर्णालीका १७ लाख भन्दा बढी जनसंख्याको भविश्य निर्माणका लागि जनवर्गीय संगठनलाई मष्तिष्कको भूमिका रहन उहाँले सुझावात्मक निर्देशन दिनुभयो ।

केन्द्रका कर्णाली प्रदेश संगठन समितिका सचिव रामदीप आचार्यले कर्णालीलाई वैज्ञानिक समाजवादको आधार क्षेत्रका रुपमा निर्माण गर्न सबै जनवर्गाीय संगठनहरुलाई सेल, टोल, वडास्तरको संगठन विस्तारमा खटिन निर्देशन दिनुभयो । “पार्टी बन्ने गौण विषय हो तर लड्ने कुरा पहिलो हो,” सचिव आचार्यले भन्नुभयो, “हाम्रो पार्टीमा अहिले बनेको दस्ताबेज भ्रुण अवस्थामा छ । त्यसलाई जीवन दिन उर्जाशील भएर अगािड बढौं ।”

कम्युनिष्टहरुले जीवनको शुरु र अन्तिम प्रश्न खोज्नुपर्ने भन्दै उहाँले २१औं शताब्दीको समाजवादी शासन व्यवस्थाको यात्रालाई अनुसरण गरेका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुलाई कसैको चाकडी र निन्दा दुवै नगरी एक आपसमा सम्मान एवं सहयोगी भावना राखेर आ–आफ्नो अभियानमा लाग्न आग्रह गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्यद्वय नरबहादुर र विन्दमान विष्टले जनवर्गीय संगठनले पुल भूमिकाको काम गर्दै आएको बताउनुभयो । मुलुक माओवादीको एजेण्डालाई शिरोधार्य गरेर अगाडि बढेको जिकिर गर्नुभएका सदस्यद्व विष्टले पार्टीको जनाधार बलियो बनाउन दैनिक, पाक्षिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर संगठन विस्तारमा संगठन प्रमुखहरुलाई लाग्न सुझाउनुभयो ।

प्रशिक्षण भेलामा महिला, दलित, घाईते तथा अपाङ्गता, किसान, युवा, विद्यार्थी, बुद्धिजीवि, प्राध्यापक, शिक्षक, सुकुम्वासी, मगर, थारुलगायतका पार्टीका १४ जनवर्गीय संगठनका प्रमुखहरुले संगठनको अवस्था, हालसम्म गरेका गतिविधि र भोग्नुपरेका समस्यासहित पार्टीले आगामी दिनमा गर्नुपर्ने कामबारे सुझावहरु राखेका थिए ।

प्रतिकृया दिनुहोस्