OnlinePana

आज : २०८२ जेठ २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २३, २०७८
८८७ पटक

२३ साउन २०७८, शनिबार

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज शनिबार सार्वजनिक गर्ने जनाएको छ। परीक्षाको नतिजा बार्डको बेवसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने छ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्ने तयारीमा लागेको हो। २०७७ सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० हेर्न सकिने छ।

यस्तै, इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न पनि सकिने छ। नतिजाका लागि तलको तलका नम्बरमा हानेर हेर्न सकिने छ ।

प्रतिकृया दिनुहोस्