OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १९, २०७८काठमाडौं
६७० पटक

१९ साउन २०७८, मंगलबार

विद्यार्थी संगठनको वार्ता सफल हुन नसकेपछि मध्यपश्चिम विश्वविद्यालयको परीक्षा तालिका एक हप्ताका लागि पछि सरेको छ । मपका सबैखाले परीक्षा पुनः एक साता पछाडि धकेलिएका छन् । विश्वविद्यालयले मंगलबार सूचना जारी गर्दै परीक्षा एक साताका लागि सारिएको जनाएको छ ।

साउन १२ गतेदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा विद्यार्थी र प्राध्यापकहरुको आन्दोलनका कारण स्थगन भएको थियो । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयका अनुसार लामो समयदेखि १८ बुँदे माग राख्दै आन्दोलनमा होमिएका विद्यार्थीहरु बीच वार्ता गर्न केही समय लाग्ने भएकाले परीक्षा सारिएको छ ।

विश्वविद्यालयले १२ गतेदेखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा भौतिक उपस्थितिमै लिने जनाएको थियो । तर, विद्यार्थीहरुले भने अनलाइनमार्फत परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन जारी राखेका थिए । परीक्षा व्यवस्थापन कार्यालयले भने कुनै पनि हालतमा परीक्षा अनलाईन माध्यमबाट नगर्ने अडान लिएको जनाईएको छ ।

यसैगरी प्राध्यापकहरुले पनि विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहको विरुद्ध आन्दोलन गरिरहेका छन् । उपकुलपतिको कार्यशैलीप्रति विद्यार्थी र प्राध्यापकहरु असन्तुष्ट भएकाले पनि वाता सफल हुन नसकेको बताईएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस्