कोरपाटी संवाददातासाउन १४, २०७८काठमाडौं
६५० पटक

१४ साउन २०७५, बिहीबार
नेपाली विद्यार्थीले बनाएको छोटो दुरीको सुपरसोनिक रकेटको परीक्षण सफल भएको छ। ध्वनीको भन्दा तिब्र गतिलाई सुपरसोनिक गति भनिन्छ। सोही गतिमा उड्ने रकेटको विहीबार काठमाडौंमा सफल परीक्षण गरिएको हो।
राष्ट्रिय आविष्कार केन्द्रका लागि इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको ‘क्वान्टम’ नाम दिइएको सो रकेट थानकोटस्थित नेपाली सेनाको फायरिङ स्टेसनमा परीक्षण गरिएको हो। रकेट २.१ किलोमिटर माथिसम्म पुगेको थियो।
पाँचौं पटकको प्रयासमा रकेटको सफल परीक्षण गरिएको रकेट निर्माण टोलीका एक इन्जिनियरले बताएका छन्। सुपरसोनिक यो रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो। ६.१ फिट लम्बाइ रहेको रकेटको तौल ९ किलो छ। रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिड इन्धनको रुपमा प्रयोग गरिएको छ।








