OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ७, २०७८काठमाडौं
७०७ पटक

 

एजेन्सी । एरोसोल हावामा १० मिटर परसम्म यात्रा गर्न सक्छ, त्यसैले कोरोना संक्रमणबाट बच्नका लागि भेन्टिलेसन राम्रो गर्नका लागि घरभित्रका झ्याल ढोका खुल्ला हुनुपर्ने भारतको केन्द्र सरकारको एक एडभाइजरीमा भनिएको छ ।

खुल्ला घरमा संक्रमणको खतरा कम हुन्छ । यो एड्भाइजरी भारत सरकारका प्रधान वैज्ञानिक सल्लाहकारको कार्यालयबाट जारी गरिएको हो । एड्भाइजरीमा बताइए अनुसार केही सामान्य कदममार्फत् संक्रमणको खतरालाई कम गर्न सकिन्छ ।

एड्भाइजसरीमा भनिएको छ, ‘राम्रो भेन्टिलेशनमार्फत् एक व्यक्तिबाट अन्य व्यक्तिमा कोरोना फैलने खतरा कम गर्न सकिन्छ । जस्तै, झ्याल–ढोका खोलेर दुर्गन्ध कम हुन्छ त्यसै गरी खुल्ला झ्याल–ढोका र एग्जस्ट फ्यानले संक्रमणको खतरालाई कम गर्न सकिन्छ ।’

‘यसमा भाइरल लोड कम हुन्छ र एक व्यक्तिबाट अन्य व्यक्तिमा संक्रमण फैलने आशंका पनि कम हुन्छ । घर र अफिसमा भेन्टिलेशनले संक्रमणबाट जोगाउनका लागि सामूहिक सुरक्षाका काम गर्छ ।’ यो एड्भाइजरीमा कार्यालय, घर र सार्वजनिक स्थानमा बाहिरी हावाको आवागमनको सिफारिस गरिएको छ ।

थोपा र एरोसोल्समार्फत् भाइरस बढी फैलने गर्छ । ड्रपलेट्स दुई मिटर परसम्म जानसक्छ जबकी एरोसोल्स १० मिटरसम्म हावासँग बग्न सक्छ ।
ड्रपलेट्स र एरोसोल्स दुबै मानिसहरुले हाच्छिउँ गर्दा, खोक्दा वा बोल्दा निस्कने गर्छ । जब कोही व्यक्ति संक्रमित हुन्छ तब उनीहरुमार्फत् भाइरस अन्य व्यक्तिमा पनि सर्न सक्छ ।

एड्भाइजसरीमा जुन कोठामा एसीका कारण झ्याल ढोका बन्द हुन्छ त्यहाँ संक्रमणको खतरा बढी हुने बताइएको छ । बन्द कोठामा बाहिरी हावाको आवागमन हुन पाउँदैन जसका कारण संक्रमित हावा कोठाभित्र नै हुने गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ड्रपलेट्स अर्थात् मुखबाट निस्कने सूक्ष्म कणको आकार पाँचदेखि १० माइक्रोमिटर हुन्छ जबकी एरोसोल्स पाँच माइक्रोमिटरभन्दा पनि साना हुन्छन् । यी दुबैमा संक्रमण फैलाउने क्षमता हुन्छ । यी दुई आकारमा मात्रै फरक हुन्छन् ।

एड्भाइजरीमा बताइए अनुसार क्रस भेन्टिलेशन संक्रमण रोक्नका लागि निकै आवश्यक हुन्छ । अस्पतालमा पनि खोप लगाउने स्थानमा क्रस भेन्टिलेसन अनिवार्य रुपमा राख्न निर्देशन दिइएको छ ।

अघिल्लो महिना नीति आयोगका स्वास्थ्य सदस्य डाक्टर विके पालले संक्रमणबाट बच्नका लागि घरमा पनि मास्क लगाउन सल्लाह दिएका थिए ।

कोरोना भाइरस हावामार्फत् फैलिरहेको छ छैन भन्ने विषयमा थुप्रै अनुसन्धान रिपोर्ट छापिइसकेको छ । यस वर्ष अप्रिल महिनामा चर्चित साइन्स पत्रिका द ल्यासेन्टले कोरोना भाइरस हावाबाट पनि फैलिरहेको छ भन्ने दाबी गरेको थियो ।

एमआइटी रिसर्चमा पनि हावाबाट संक्रमण फैलने आशंका जताइएको थियो र ६ फिटको सामाजिक दुरी खासै प्रभावकारी नभएको बताइएको थियो ।

हावाबाट कोरोना फैलने रिपोर्टको विषयमा पनि विश्व स्वास्थ्य संगठनले आफ्नो पक्ष राखिसकेको छ ।

डब्ल्यूएचओले भनेको थियो, ‘हालसम्म भेटिएको प्रमाणबाट थाहा भएको छ कि कोरोना संक्रमण मुद्यय रुपमा दुई व्यक्तिको सम्पर्कबाट फैलिरहेको छ । यो सम्पर्क एक मिटरको दुरीमा पनि खतरनाक छ । एक संक्रमित व्यक्तिको एरोसोल्स वा ड्रपलेट्स अन्य व्यक्तिको आँखा, नाक वा मुखमार्फत् प्रवेश गरेर संक्रमित गर्न सक्छ ।’

डब्ल्यूएचओका अनुसार भाइरस भएका भित्ता वा सतहलाई छोएपछि मानिसहरु आफ्ना औंला आँखा, नाक वा मुखसम्म लैजान्छन् भने संक्रमण फैलने निश्चित छ ।’

प्रतिकृया दिनुहोस्