

काठमाडौं /भदौ २१ गते ।
अमेरिकी सेनाले नेपाली सेनालाई स्काई ट्रक हस्तान्तरण गरेको छ । वैदेशिक सहायता कार्यक्रम अन्तर्गत मित्रराष्ट्र अमेरिकाले नेपाली सेनालाई दुई वटा M २८ स्काई ट्रक (एयर एम्बुलेन्स र स्काई स्काई ट्रक १÷१ वटा अनुदानमा सहयोग स्वरूप प्रदान गरेको छ ।
नेपाली सेनाका अनुसार २०८२ भाद्र १९ गते गौचर स्थित मध्य एयर वेशमा माननीय परराष्ट्र मन्त्री श्रीमती डा. आरजु राणा देउवाको प्रमुख आतिथ्य र माननीय रक्षा मन्त्री श्री मानवीर राईको समुपस्थितिमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागि अमेरिकाका राजदूत Dean R= Thompson ले प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देललाई उक्त क्पथ त्चगअप हरू हस्तान्तरण गर्नु भएको छ । अमेरिकी सेनाद्वारा प्रदान गरिएको उक्त क्पथ त्चगअप हरू सैनिक प्रयोजन लगायत विपद् व्यवस्थापन तथा विभिन्न आपतकालिन उद्धारका लागि प्रयोग हुनेछ ।
कार्यक्रममा सम्बोधन गर्नु हुँदै माननीय परराष्ट्र मन्त्रीले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । सोही अवसरमा नेपालका लागि अमेरिकाका राजदूत Dean R= Thompson ले हस्तान्तरण गरिएका दुई वटा स्काई ट्रकहरूले दुई देश बिच रहँदै आएको मैत्रिपूर्ण सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको बताउँदै निकट भविष्यमा सहयोग स्वरूप थप २ (दुई) वटा बेल हेलिकोप्टर प्रदान गर्ने योजना रहेको समेत बताउनु भयो । कार्यक्रममा बलाधिकृत, अमेरिकी Foreign Military Financing sf Principal Deputy Director रथीबृन्द, परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधिहरू लगायत अमेरिकी राजदूतावासका सैनिक सहचारी तथा प्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।