OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ ३, २०७८जुम्ला,
७३६ पटक

जेठ ३ गते । जुम्लामा संक्रमण बढेपछि आवत जावतमा कडाई गरिएको छ । गत वैशाख २२ गतेदेखी निषेधाज्ञा भएको जुम्लामा पछिल्लो समय जेठ १० गते सम्मका लागि गरिएको बन्द निकै कडा गरिनुका साथै जिल्लाबाहिरवाट आउनेका लागि अनिवार्य एन्टिजन परीक्षण गरेर मात्रै जिल्लामा भित्र्याउने व्यवस्था गरिएको हो ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार कर्णाली राजमार्ग अन्तरगत नाग्ममा हेल्थ डेक्स स्थापना गरेर एन्टिजन परीक्षण समेत गर्न शुरु गरिएको हो ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार कोभिड १९ संकट व्यवस्थापन केन्द्रको टोली नै नाग्म पुगेर हेल्थ डेस्क राखिएको जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख सापकोटाले ‘अब हरेक जुम्ला भित्रिने नागरिकको तथ्यांक राखिनेछ । तापक्रम जाँच गरिनेछ । शंकास्पद व्यक्ति भेटिएको खण्डमा एन्टीजोन जाँच गरेर स्वास्थ्य परिक्षण समेत गर्ने व्यवस्था छ । गरिने भएको हो ।

यसैगरी कोरोना पोजेटिभ देखिएको खण्डमा स्थानीयतहको समन्वयमा आइसोलेसनमा पठाइने र नेगेटिभ देखिएको खण्डमा घर पठाइनेछ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार ‘अब नियमित दुई जना स्वास्थ्यकर्मी खटिनेछन ।
पछिल्लो समयमा सुर्खेत, नेपालगंज हुदै जुम्ला आउने क्रम बढ्दो छ । हेल्थ डेस्क नहुँदा सिँधै घर जाने गरेका छन । यसले कोरोना संक्रमणको उच्च जोखिम हुने खतरा छ ।

निषेधाज्ञाको अनुगमन गर्दै हेल्थ स्थापना गर्न जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नेपाली सेना श्री २४ नम्बर बाहिनीअड्डाका बाहिनीपति सहायकरथी यमबहादुर सापकोटा, गणपति दिवाकर रायमाझी, डिएसपी दानबहादुर थापा सहितको टोली जुम्ला र कालिकोटको सिमानमा नाग्म बजार पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जुम्लामा कडा निषेधाज्ञा छ । अब सिमानामा पनि कडाई गर्न जरुरी छ । सिमानाको उच्च निगरानीको लागि हेल्थ डेस्कले महत्वपुर्ण काम गर्नेछ । स्वदेश तथा विदेशबाट फर्किएका जुम्लाबासीको एकिन तथ्यांक संकलन गरेर निगरानी गर्न सहज हुनेछ ।

यसैगरी संक्रमणको दर उच्च बढेपछि निषेधाज्ञामा निकै कडाई गरिएको छ । औषधी पसल, स्वास्थ्यको सवालमा आवत जावत वाहेक अरु सवै ठप्प भएको छ । तरकारी, दुध सहितका पशलहरु समेत वन्द गरिएका छन् । पत्रकारहरुलाई समेत पत्रकार महासंघको सिफारिस र मिडिया हाउसको सिफारिसमा प्रशासनले पासको व्यवस्थापन गरेको छ ।

 

प्रतिकृया दिनुहोस्