OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही बैशाख २६, २०७८जुम्ला,
१४२७ पटक

 

 

खलङ्गा वैशाख २६ गते । जुम्लामा सवैभन्दा ठूलो स्याउ बगैचा स्थापना गरिएको छ । करिब ३० हजार स्याउ बगैचा एकै पटक रोप्ने अभियान शुरु गरिएको छ ।

गुठिचौर गाउँपालिका ५ काडाखोला जलजलामा नेपालकै ठुलो फुजि स्याउँ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले उच्च घनत्व जातको आधुनिक स्याउ बगैँचा निर्माण गरेका हुन । झण्डै आठ करोड रुपैयाँको व्यक्तिगत लगानीमा बगैँचा निर्माण गरिएको उहाँले जानकारी दिनु भएको छ । उहाँले रु ५ करोड वैंकको लागनी र रु ३ करोड फमको पुजी लगानी गरिएको बताएका छन् ।

स्याउ बगैचामा स्याउ रोप्न कर्णाली प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्र, स्याउ सुपरजोन कार्यालयका प्रमुख नवराज भण्डारी बगैचामा पुग्नु भएको थियो । सचिव मिश्रले फुजि स्याउ रोपेर बगैँचा प्रारभ्भ भएको घोषणा समेत गर्नुभएको छ । वगैचामा फुजी स्याउ रोप्दै सचिव मिश्रले भन्नु भयो । ‘लकडाउनको समयमा बगैँचामै नआउनु पर्ने हो तर जसरी डक्टरले बिरामीलाई छोड्न सक्दैन् कृषि सचिवले किसान छोड्न सकेन । बगैँचामै पुगेर किसानलाई हौसला दिनु दायित्व ठानेको बताउनु भयो । ’

मन्त्रालयका सचिव मिश्रले स्याउ रोपे संगै त्यो बगैँचामा एकैपटक ३० हजार फुजि स्याउ रोपिएका हुन् । उक्त अवसरमा सचिव मित्रश्रले भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले स्याउको प्रशोधन,बजारीकरण, कृषि सडक लगायतका प्राविधिक सहयोग गर्न सक्ने बताउनु भएको छ ।

५० हजार लक्ष्य पाँच हजार सरकारी सहयोग

उक्त वगैचा निर्माणका लागि २५ हजार स्याउ बगैचाको व्यवस्थापन किसान आफैले गर्नुभएको र वाँकी पाँच हजार फुजी स्याउको विरुवा ५० प्रतिशत अनुदानमा सरकारले सहयोग गरेको छ । स्याउ सुपरजोन कार्यालयले पाँच हजार स्याउ विरुवा ५० प्रतिशत अनुदानमा सहयोग गरेको कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार भण्डारीको वगैचामा ३० हजार उहाँले रोप्न शुरु गर्नुभयो भने २० हजार अर्को बर्षको लागि योजना बनाउनु भएको जानकारी दिनुभयो ।

एक बर्ष देखी तयारी

ग्त बर्षको चैत देखि बगैँचा स्थापनाको तयारी थालिएको थियो । लकडाउन अवधिभर बगैँचाको पुर्वाधार निर्माण देखि विरुवा रोप्ने तयारी सम्मका क्रियाकलाप भए । लकडाउनले उद्योग धन्दा, सिर्जशिल काम बन्द भए । त्यही लकडाउनको बीचमा ठुलो बगैँचा निर्माण भयो ।

बगैँचा निर्माणको लागि ८६ जना किसानले जग्गा लिजमा दिएर ३० बर्ष लिजमा लिईएको छ । एक लाख ५० हजार बर्गमिटर जग्गामा पुर्वाधार सहितको सुविधा सम्पन्न स्याउ बगैँचा निर्माण भएको जनाईएको छ । बगैँचा स्थापनाको लागि झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको किसान भण्डारीले बताउनु भयो ।

रोजगारी शुरु

एक दिनमा डेढ सय देखि ढाई सय सम्म कामदारले रोजगार पाएका छन । एक जना आयोजना प्रमुख, लेखापाल २ जना, ओभरसियर एक जना,स्टोर किपर २ जना, हेल्पर १२ जना, जेटिए ४ जना र चौकीदार ४ जना राखिएको छ । दुई जना सहजकर्ता, तीन जना चालक र तीन जना सहचालक राखिएकोछ ।

गाउँमै नेपालकै ठुलो बगैँचा स्थापना भएपछि स्थानीय खुसि भएका छन् । उनीहरुले स्याउ बगैँचामा काम पाउनुका साथै स्याउ फलाउनको लागि प्रेरणा मिल्ने बताउनुभयो । लगानीकर्ता मिनबहादुर भण्डारीले जडिबुटी ब्यापार गर्दा कमाएको रकमले आफ्नै भुमिमा स्याउ बगैँचा स्थापना गर्न पाउदा खुसि लागेको र २३ लाख रुपैयाँमा मल खरिद गरेर विरुवामा राखिएको जानकारी दिदै स्याउ खेति गरेर कृषि कर्मको एक परिचय दिने लक्ष रहेको बताउनुभयो ।

बृहत बगैचा अवधारणा शुरु

भण्डारीले स्थापना गर्नु भएको बृहत बगैचा जस्तै व्यवसायमा जोड दिन कृषि विज्ञहरुको सूझाव छ । तातोपानी गाउँपालिकाको हियाँखोलामा पनि ६ हजार स्याउ विरुवा रोपिएको स्थानमा घेरवार र सिचाई शुरु गरिएको स्याउ सुपरजोन कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । त्यस वगैचामा पनि प्रदेश कृषि सचिव मिश्र पुगेर लिप्ट सिचाँईको सम्भावनाका विषयमा समेत अनुगमन गरिएको जानकारी दिनुभयो । यस बर्ष ३० हजार भण्डारीको बगैचा र ३० हजार अन्य गरी ६० हजार फुजी स्याउ विरुवा रोपिनेछन् । स्याउको सप्लाई प्रति विरुवा एक हजारको दरले किसानले दिईएको उहाँले बताउनुभयो । जुम्लामा करिब २५ बर्ष अगाडी किसान पदमबहादुर महतले जुम्ला महतगाउँको नांगो डाडाँमा चार हजार स्याउ विरुवा लगाएपछि एकै पटक धेरै स्याउ उत्पादन भएको थियो । अहिले जुम्लामा जिल्लाभरी एक सय माथी ३० हजार सम्म स्याउ रोप्ने र बगैचा लगाउने होडवाजी हुने गरेको छ । उहाले यसअघि रोपिएका दुई हजार २ सय विरुवाले फल दिदै आएका बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्