OnlinePana

आज : २०८३ साउन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १३, २०७८काठमाडौं
१२२६ पटक

१३ बैशाख २०७८ सोमबार

लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध भएको खुलासा भएको छ ।

आयोगका तत्कालीन अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको शिक्षक सेवा आयोगका पदाधिकारी छनोट गर्न गठित सिफारिस समितिले हचुवा र आफ्नै रुचिअनुसारका व्यक्ति छनोट गर्नेगरी सिफारिस प्रतिवेदन तयार पारेको पाइएको छ । समितिले त्यसरी तयार पारेको प्रतिवेदन गत ४ फागुन २०७७ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष पेस गरेको थियो ।

लोकसेवा आयोगले हचुवा प्रकृतिले सिफारिस प्रतिवेदन तयार गरी पेस गरेको दाबी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो सिफारिसलाई कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको छ । त्यसैले, मन्त्रालयले सो प्रतिवेदनलाई सरकारसमक्ष पेस गर्नुको साटो उल्टै लोकसेवा आयोगमा फिर्ता पठाइदिएको छ । योसँगै शिक्षा सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया थप अन्योलमा परेको हो ।

आजको राजधानी दैनिकमा समाचार छ ।

 

प्रतिकृया दिनुहोस्