
२८ साउन २०८३, बिहीबार
जुम्लाः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पदाधिकारीहरुको रिक्त पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
प्रतिष्ठान ऐन, २०६८ अन्तरगत रिक्त रहेका शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदहरुको रिक्त पदपूर्तिका लागि आवेदन प्रक्रिया अगाडि बढाइएको प्रतिष्ठानका उपकुलपति प्राडा.सूर्यमान मेन्याङ्वोले जानकारी दिनुभयो । कार्यकारी परिषद्बाट स्वीकृत “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु (शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन र निर्देशक) को छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३“ बमोजिम इच्छुक योग्य उम्मेदवारहरुबाट दरखास्त माग गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आज एक सूचना जारी गरी यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् भदौ ३ गते बेलुका ५ः०० बजेसम्म दरखास्त पेश गर्न अनुरोध गरिएको छ । करिब पाँच महिनादेखि प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिष्ट्रारलगायतका पदाधिकारीहरुको पद रिक्त रहेको छ ।






