OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ५, २०७७ सुर्खेत
४६२ पटक

५ चैत २०७७, बिहीबार

कर्णाली प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । प्रदेश सरकारले ‘समृद्धि र सुखको सिर्जना’ भन्ने नाराका साथ आव.२०७६÷०७७-०८०÷०८१ सम्मको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरिएको हो ।

आज प्रदेश सरकारले कार्यक्रममार्फत योजना सार्वजनिक गरेको हो । पञ्चवर्षीय योजनामा हाल रहेका हरेक सूचकहरुलाई अबको पाँच वर्षमा परिर्वतन गरिने लक्ष्य लिइएको छ ।

प्रदेश नीति तथा योजना आयोगले तयार पारेको प्रथम पञ्चवर्षीय योजना भित्र प्रतिव्यक्ति आय पाँच वर्षमा एक हजार १४७ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ । कर्णालीमा हाल प्रतिव्यक्ति आय ६०६ अमेरिकी डलर रहेकोमा त्यसलाई पाँच वर्ष भित्र त्यो स्थितिमा पुर्‍याउने लक्ष्य राखिएको हो ।

अबको २५ वर्षभित्र १० हजार अमेरिकी डलर वार्षिक प्रतिव्यक्ति आय पुर्‍याउने लक्ष्य छ । त्यसका लागि आयोगले कर्णालीको जल, जमिन र जडीबुटीको सदुपयोगलाई जोड दिएको आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले बताउनुभयो । ‘अहिले कर्णालीको आर्थिक वृद्धिदर ५.७ प्रतिशत रहेको छ ।

प्रथम पञ्चवर्षीय योजना भित्र १४.९ प्रतिशत पु¥याउने लक्ष्य राखेका छौं । त्यस्तै, कृषि क्षेत्रमा हाल औसत वृद्धिदर ४.४ प्रतिशत रहेको छ । त्यसलाई बढाएर ११.१ प्रतिशत हुनेछ । उद्योगको औसत बृद्धिदर ९.६ प्रतिशत रहेमा ३२.२ प्रतिशत पुर्‍याउने लक्ष्य राखेका छौं ।’

उहाँले भन्नुभयो, सेवा क्षेत्रमा औसत बृद्धिदर हाल ५.४ प्रतिशत रहेको छ । त्यसलाई पाँच वर्षमा १०।७ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छौं ।’ कर्णालीको अर्थतन्त्रमा क्षेत्रगत योगदानमा बृद्धि गर्ने लक्ष्य राखिएको उपाध्यक्ष डा.खड्काले जानकारी दिनुभयो । ‘कर्णालीको कृषि क्षेत्रमा योगदान ३२.९ प्रतिशतबाट २८.४ प्रतिशत पु¥याउने, उद्योगमा १३.८ योगदानबाट २८ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ,’ उहाँले भन्नुभयो, ‘सेवा क्षेत्रको योगदानमा पनि हाल ५३.३ रहेको त्यसलाई झारेर ४३.६ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ ।’

त्यस्तै, कर्णाली प्रदेश निरपेक्ष गरिवीको रेखामुनी रहेको २८.९ प्रतिशत रहेको त्यसलाई पाँच भित्र १८ प्रतिशतमा झार्ने र बहुआयामिक गरिबीको रेखामुनी रहेका ५१,२ प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्ने लक्ष्य प्रथम पञ्चवर्षीय योजनामा राखिएको छ ।

प्रथम पञ्चवर्षीय योजनामा कर्णाली कुल ग्राहस्थमा वृद्धि गर्ने राखिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा कुल ग्राहस्थ उत्पादनमा ५।७ प्रतिशत रु.११९.२६ अर्ब रहेको त्यसलाई द्रुत विकासका लागि प्रत्येक वर्ष आर्थिक वृद्धिदर बढाएर पञ्चवर्षीयको अन्तिम आर्थिक वर्ष २०८०÷०८१ मा कुल गार्थस्थ्य उत्पादनमा १८.८ प्रतिशत बृद्धि गरेर रु.२४ १०१ करोड पुर्‍याउने लक्ष्य राखिएको छ ।

कर्णालीको समग्र आर्थिक विकासका लागि लक्ष्यमा पुग्नका लागि प्रथम पञ्चवर्षीय योजनाको अवधिमा कुल रु.५ खर्ब २१ अर्ब ४७ करोडस्थिर पूँजी लगानी आवश्यक रहेको र योजना अवधिमा कृषि ९७ अर्ब १५ करोड, उद्योग क्षेत्रमा २ खर्ब ३५ अर्ब ८१ करोड, सेवा क्षेत्रमा १ खर्ब ८८ खर्ब ५१ करोड लगानी आवश्यक रहेको आयोगका सदस्य डा.दीपेन्द्र रोकायाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यसका लागि सार्वजनिक क्षेत्रबाट ५३.६६ प्रतिशत, नीजि क्षेत्रबाट ४२.६५ प्रतिशत, र सहकारी क्षेत्रबाट ३।६९ लगानी हुने अनुमान गरेका छौं’

कार्यान्वयन गर्न सबैको सहयोग आवश्यकः मुख्यमन्त्री शाही

आयोगले सार्वजनिक गरेको योजनालाई कार्यान्वयन गर्नु मुख्य कुरा भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभयो ।

आयोगले आगामी ५ वर्षका भौतिक पूर्वाधारका निर्माणका कामहरु प्रभावकारी रुपमा कार्यन्वयन गर्ने, उत्पादनमा वृद्धि गरेर आत्मनिर्भर हुँदै निर्यातमुखी अर्थतन्त्रको विकास गर्ने, शिक्षा, स्वास्थ्यमा गुणस्तरीय सुधार गर्ने, पर्यटन क्षेत्रमा प्रवर्द्धन गर्न संसारको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली भन्ने सोच विकास गर्ने, कर्णालीमा उत्पति भएको भाषा, संस्कृति र कलाको सम्वर्द्धन गर्ने सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ पार्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने उद्देश्यसहित प्रदेशको पञ्चवर्षीय योजना तर्जुमा गरिएको शाहीले बताउनुभयो ।

‘पञ्चवर्षीय योजना निर्माण गर्दा कर्णाली सवल तथा दुर्बल पक्षको सुधार्नु पर्ने पक्ष र चुनौती अवसरहरूको आँकलन गरेर निर्माण गरिएको मुख्यमन्त्री शाहीको भनाई छ । कर्णालीमा काम गर्न निकै चुनौती छ । चुनौतीमा बीचबाट पनि केही गर्न सकिन्छ भन्ने हाम्रो मान्यता हो,’ उहाँले भन्नुभयो, परिर्वतन भन्ने कुरा एउटाको टाउकोमा हालेर हुँदैन् । सबैको सहयोग चाहिन्छ नै । त्यसको गरे ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को नाराले सार्थकता पाउनेछ ।ु

प्रदेशमा लगानी गर्ने वातावरण पनि सिर्जना गरिने जनाउँदै प्रथम पञ्चवर्षीय योजनामा भौतिक पूर्वाधारतर्फ यातायात, उर्जा बस्ती विकास, सिंचाई खानेपानी, सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य रोजगार र सामाजिक सुरक्षा, हरित अर्थतन्त्रमा आधारित आत्मनिर्भर उत्पादनका क्षेत्रमा कृषि, उद्योग, जडीबुटी, खानी, वन पैदावर, पर्यटन वातावरण, विज्ञान प्रविधि, अनुसन्धान, सूचना संचार तथा डिजिटल कर्णाली र सुशासनमा जोड दिएर कर्णालीको आर्थिक विकास लगायतका समग्र पक्षलाई ध्यान दिएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

प्रदेश सरकारका सरकारका आर्थिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जनतालाई परिर्वतनको अनुभूति गराउने गरी पञ्चवर्षीय योजना तयार भएकाले यसको कार्यान्वयनको विषय नै प्रमुख भएको बताउनुभयो । मन्त्री भण्डारीले योजना योजनामा मात्रै सीमित नभई कार्यान्वयनको पक्ष प्रमुख कुरा भएकोले यसलाई जनताले प्रत्याभूत गर्नेगरी अभ्यासमा ल्याउनतर्फ सबैको जोड हुनुपर्ने जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्