कोरपाटी संवाददातामाघ २२, २०७७काठमाडौं

५७८ पटक

नेपाल कम्युनस्टि पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले बिहीबार घोषणा गरेको आमहड्तालका लागि विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमान्डर तोकेको छ । आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा कमान्डरहरु तोकिएका हुन् ।
जसअनुसार निम्न स्थानहरुमा शीर्ष नेताहरु कमान्डरका रुपमा खटिनेछन् ।
कलङ्कीः युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुः बेदुराम भुसाल, सातदोबाटोः देव गुरुङ, पुल्चोकः पम्फा भुसाल, कोटेश्वरः लीलामणि पोखरेल, चाबहिलः वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोक महाराजगञ्जः शक्ति बस्नेत, गोंगबुः भीम रावल, बालाजुः रघुजी पन्त, रत्नपार्कः प्रवक्ता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा .