OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही पौष २५, २०७७जुम्ला,
१३७३ पटक

खलङ्गा पुस २५ गते । जुम्लामा कालिज पालन व्यवसाय शुरु गरिएको छ । पर्यटक प्रवर्धन ,दिर्घकालिन व्यवसाय र उत्पादनका लागि जिल्लाको गुठिचौर गाउँपालिका ४ विगारे गाउँमा कालिज पालन शुरु गरिएको हो ।

जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जंगली कालिजको चोरी सिकार कम गर्न व्यवसाय थालिएको संचालक महाकृष्ण पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार महालक्ष्मी कालिज फर्म खोलेर व्यवसाय शुरु गरिएको छ । स्वदेशमै स्वरोजगार सृजना गरी देशको आर्थिक विकासमा सहयोग पुराउने उद्देश्यसाथ व्यवसाय शुरु गरिएको पाण्डेले थप्नुभयो ।

हिमाली हावापानीमा पालिएको कालिज पोषणको हिसावले पनि निकै उत्तम हुने पशुपक्षि विज्ञ बताउछन् । यहाँको मासुको गुणस्तर तथा स्वादमा निकै फरक भएको ग्राहकहरुले समेत भन्नथालेका छन् । भेटनरी तथा पशुपालन विकास कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले यहाँको मासुको गुणस्तर तथा स्वादमा निकै फरक हुने बताउनुभयो । उहाँका अनुसार यही उत्पादन भएर हुर्केमा त झन राम्रो हुने जानकारी दिनुभयो ।

एक बर्षमा एक हजार उत्पादनको लक्ष्य :
जुम्लामै कालिजका चल्ला उत्पादन गर्ने लक्ष्यसाथ खोलिएको यो फार्म भविष्यमा रिसर्च सेन्टरका रूपमा समेत विकसित गर्ने तयारी रहेको छ । यसका साथै एक हजार बढि चल्ला उत्पादन गर्ने लक्ष्य लिईएको संचालकले जनाएका छन् । तीन वर्षमा जुम्लालाई आवश्यक पर्ने कालिज उत्पादन गर्न सकिने संचालकको दावी छ ।

रु १५ लाख रुपैयाँ लगानी गरी फर्म खोलिएको हो । लगानीका लागि ऋण र सापट समेत गरिएको पाण्डेले थप्नुभयो । अहिले सो व्यवसायमा महाकृष्ण पाण्डेका भाई प्रकाश पाण्डे सहित परिवार लागि परेको छ ।

अहिले फममा अहिले ४० वटा पोथी र १ सय १५ वटा भाले कालिज भएको जानकारी दिएका छन् । धेरैजसो धमाधम बिक्री समेत भईरहेको र प्रति कालिज रु तीनहजार पाँच सयमा बिक्री गरिएको छ । यो मुल्य करिब स्थानीय कुखुराको मुल्य बराबर भएकाले विक्री बढि हुन थालेको छ । कालिजको मासु पाएपछि अहिले धमाधम बिक्री भईरहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्