OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १६, २०७६सुर्खेत
४८८ पटक

सुर्खेत, १५ असार (रासस) ः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मनाईएको १६औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवले किसानहरुलाई निकै खुशी तुल्याएको छ । बिगतका दिवस भन्दा यस पालीको यहाँको धान दिवसको दृश्य फरक थियो ।
दिवसमा बाली रंगको हरियो टिसर्टले किसानलाई अन्नदाता र हरित वातावरणको संकेत गरेको बुझिन्थ्यो । समाजले हरेकले किसानहरुलाई हेंला गरिरहेका बेला कर्णाली प्रदेश सरकारले भने अन्नदाताका रुपमा परिभाषित गरेपछि उनीहरु मख्ख थिए । उनीहरुले सरकारले किसानको महत्व बुझेर गरेको उच्च सम्मानले आफूलाई व्यवसायिक बन्न उत्प्रेरित गरेको बताए ।
परम्परागतरुपमा गरिरहेको कृषि खेती प्रणालीलाई आधुनिकीकरणतर्फ लग्न सरकारले सहयोग गरे उत्पादनमा वृद्धि ल्याउन सकिने स्थानीय मैमा चौधरीले राससलाई बताउनुभयो । “हामीलाई उन्नत बीउ, यान्त्रिक सामग्री, बीउबिजन र जैविक विषादीयुक्त मल चाहिएको छ,” रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “सरकारले हाम्रो खाँचोलाई पूति गरेमात्र ‘मेरो किसान, मेरो अन्नदाता’ भन्ने नाराले अर्थपूर्ण होला ।”
आईतबार १६औं राष्ट्रिय धान दिवस कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले धानखेती आधुनिकीकरण एवं व्यवसायिकीकरण गरेर लैजान आवश्यक रहेको बताउनुभयो । मन्त्री ज्वालाले भन्नुभयो, “कर्णाली सबैभन्दा उच्च स्थानमा धान फल्ने, र तत्कालिन राजाहाराजहरुले खाने कालीमार्सी धानको प्रख्यात थलो हो, यसको विकास, प्रवद्र्धन र संरक्षणमा हामी सबैले गम्भीरताका साथ ध्यान दिनपर्दछ ।”
उहाँले कर्णालीमा कृषि उत्पादन बढाउन तथा बबई र कपुरकोटमा विषादी परीक्षण केन्द्र राख्ने सरकारको कामक्रम रहेको बताउनुभयो । उहाँका अनुसार कर्णालीलाई रासायनिक मल प्रयोगविहिन भूमिका रुपमा स्थापित गरिनेछ । दैनिकरुपमा हरेक व्यक्तिले जेजस्तो क्रियाकलाप गरेपनि अन्ततः खाना खानैपर्ने र त्यसको सम्पूर्ण श्रेय किसानमा जाने भएकोले प्रदेश सरकारले चालु आव.०७६÷०७७ मा ‘मेरो किसान, मेरो अन्नदाता’ भनेर किसान लक्षित कार्यक्रम ल्याएको मन्त्री ज्वालाको भनाई थियो ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले अब भाषण गर्ने नभई व्यवहारबाट र कर्मबाट परिणाम देखाउने बेला आएको बताउनुभयो । कर्णालीका बाँझा जमिनलाई प्रयोगमा ल्याएर यहाँका नागरिकलाई आत्मनिर्भर हुने तवरबाट सरकार अघि बढ्ने जनाउँदै कृषिमन्त्री केसीले भन्नुभयो, “सरकारले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई किसान नायक भनेर घोषणा गर्ने कार्यक्रम ल्याएको छ ।”
नेपालमा कृषि पेशालाई उपेक्षा गर्ने प्रवृति संस्कारका रुपमा देखिएको कुरालाई मनन् गर्दै कर्णाली प्रदेश सरकारले मानव जीवन अस्तित्व राख्ने किसान केन्द्रीत कार्यक्रम ल्याएको उहाँको भनाई थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेत बीरेन्द्रनगर १० मनिकापुर गाउँमा आयोजित उक्त दिवस कार्यक्रममा किसान, महिला, कर्मचारी र पत्रकारहरुबीच हिलो दौड, डोरी ताताना, गोरु दौड प्रतियोगिता सम्पन्न गरिएको थियो । शुरबहादुर सिंह
तस्विर संलग्न गरिएको छ ।

प्रतिकृया दिनुहोस्