Skip Add

OnlinePana

आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १६, २०७६
८३ पटक

सिञ्जा क्षेत्रका ३ गाउँपालिकाहरु मध्य हिमा गाउँपालिकाका एक पर्दछ । यस गाउँपालिकाका श्री अध्यक्ष रजबहादुर शाही सँग गाउँपालिकाको विकास निर्माणका कामहरु तथा समृद्धिको विषयमा कोरपाटीका प्रधानसम्पादक नेत्र शाहीले लिनुभएको अन्तवार्ता ः

>१. सर्व प्रथम यहाँलाई हार्दिक स्वागत छ । हिमा गाउँपालिकाले विकास निर्माणका कामहरु कसरी गरिरहेको छ ? <धन्यवाद, स्वागत छ, हिमा गाउँपालिका सिञ्जा क्षेत्रको एक ऐतिहासिक गाउँपालिका हो । सिञ्जा उपत्यकाको विचमा वग्ने हिमा नदीको नामले यस गाउँपालिकाको नामाकरण भएको छ । यहाँ विकास निर्माणकाप कामहरु निरन्तर अगाडि बढिरहेका छन् । विकासका काम र योजना छनौट पद्धति अनुसार बस्ति वडापालिका हुदै गाउँकार्यपालिका र गाउँसभाले पारित गरेका विकास निर्माणका नितिगत योजनाहरुलाई प्रथामिकता दिदै संचालन गर्ने काम भईरहेको छ । सरोकारवाला निकायहरुको समन्वय सूझाव अनुसारका निति तथा कार्यक्रम निर्माण प्रक्रिया भईरहेको छ । यसका साथै बार्षिक रुपमा गाउँपालिकामा भएका कामहरुको सार्वजनिक सुनुवाई देखी भएगरेका गतिविधीहरु संचार माध्यामहरुबाट प्रकाशन समेत गर्न शुरु गरेका छौ । २. हिमा गाउँपालिका सिञ्जा र राराको ढोकाको रुपमा मानिन्छ ? अव यसलाई कसरी अगाडि लैजाने निति कार्यक्रमहरु छन् ?
यस क्षेत्रको विकासको मेरुदण्डको रुपमा जोडिएको नाग्म गमगडि राजमार्ग ( रारा सिञ्ज मार्ग ) नै हो । जव सम्म यसको गुणस्तर स्तरवृद्धि हुदैन तव सम्म विकासले फड्को मार्न कठिन हुन्छ । यसैले पहिलो त यस राजमार्गलाई कालोपत्रे सहितको गुणस्तर स्तरवृद्धि गर्न आवश्यक रहेको छ । यो भएमा हजारौ पर्यटक रारा सिंजाका लागि आउनेछन् । यसकालागि संघीय सरकार, प्रदेश सरकार सँग समन्वय भईरहेको छ ? दोस्रो पर्यटकहरुको उचित वसाईका लागि होमस्टे व्यवस्थापन, स्थानीय सास्कृति, धार्मिक पहिचान थप व्यवस्थापन, पर्यटकीय क्षेत्रको पूर्वाधार, सवै गाउँमा सडक, सवै २२ वटै विद्यालयमा गुणस्तरीय शिक्षाको आधार तयार शुरुवात भएको छ । टेलिफोन र वडास्तरमा ईन्टरनेट लिने काम भईरहेको छ । यसका साथै हिमा गाउँपालिका पर्यटकहरुका लागि एक सूचना केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको छ ।
३. रारा सिञ्जा – नाग्म गमगडि सडक स्तरवृद्धि किन हुन सकेको छैन् ? अव के गर्नुपर्ला ?
पहिलो त रारा र सिञ्जा नेपालको मुख्य पर्यटकीय गन्तब्य बनिसकेको छ ? यहाँ आउने पर्यटकहरु अहिले सडक र वसाई व्यवस्थापन नभएको गुनासो गरिरहेका छन् । अव यथासिघ्र यो सडकको स्तरवृद्धि गर्न पहलका लागि थप बिलियो हुदै आएको छ । हाम्रा प्रधानमन्त्री ज्यूले गत बर्ष रारा कर्णाली पर्यटन बर्षको सिलसिलमा कालोपत्रेका लागि घोषणा गरि सक्नु भएको छ । यो आर्थिक बर्षमा पक्कै पनि बजेटमा आउने आशा गरेका छौ । यसका लागि निरन्तर पहलमा छौ । यो सडकको जिम्मा स्थानीय सरकारको बजेटले नसकिने भएका कारण संघीय सरकार र प्रदेश सरकारलेनै जिम्मा लिनु आवश्यक पर्दछ ।
४. यहाँको समृद्धिको सम्भावनाको क्षेत्रहरु के के छन् ? कसरी अगाडि जाने योजना रहेको छ ?
सिञ्जा आफैमा नेपाली भाषाको उद्गम स्थल हो । नेपाली खस सभ्यताको मुहान हो । कुनै वेला नेपालको राजधानी पनि हो । रैथाने कृषि वालिको मुहान हो । तर अहिले हामी ओझेलमा प¥र्यौ । अव पहिलो कुरा त यहाँको ३ वटै पालिका मिलेर बृहत्तर सिञ्जाको एकिकृत विकास र खस सभ्याता, भाषाको संरक्षण गर्न सकिएमा संसारका मानिसहरुको अध्ययन स्थल बन्ने छ । यहाँका धार्मिक, प्राकृतिक र सास्कृतिक पर्यटकीय क्षेत्रको पहिचान गर्ने पूर्वाधार तयार गर्न आवश्यक रहेको छ । पुरातात्विक संरचनाहरुको संरक्षण, स्यानीय कला सस्कृतिको संरक्षण गर्ने, कृषिमा मार्सी धानको बढोत्तरी विकास गर्न र अर्गामिल उत्पादन, स्याउ सिमी, ओखर देखी रैथानेवालीको उत्पादनमा बृद्धि,प्रवर्धन र संरक्षण गर्न यहाँका सम्भावनाहरु हुन् ।

५. गाउँपालिकाको विकास र समृद्धिमा मुख्य कामहरु के के भईरहेका छन् ?

यहाँका हरेक गाउँमा सडक सञ्जाल जोडिदैछन् । पर्यटन क्षेत्रको विकासको योजना बन्दै छ । गाउँ गाउँमा बिजुली बिस्तार गर्ने योजना अघि सारिएको छ । यहाँका दुई गाउँका सवै घरमा खानेपानी बिस्तार गरिएको छ । खानेपानी नभएको देवार गाउँमा खानेपानीको पूर्ति र चिउडीमा पनि बृहत खानेपानीको कल्पना गरिएको छ । राम्रो काम गरेवापत उत्कृष्ट विद्यालयको रुपमा श्री कालिका प्रावि देवारगाउँलाई रु ४ लाख पुरस्कार दिईएको छ । गाउँपालिकाका दुई स्थानमा रंगशाला स्थापना गरि खेल क्षेत्रको विकास र प्रर्वधनमा जोड दिईएको छ । गरिव विपन्न वालवालिकाहरुका लागि आवासीय विद्यालय शुरु गरिएको छ । लिफ्ट सिचाई आयोजनाको शुरुवात गरिएको छ । सवै विद्यालय तथा स्वास्थ्य चौकीमा विधुुतीय हाजिरी सेवा शुरु गरिएको छ । प्रथामिक स्वास्थ्य केन्द्रमा ईमरजन्सी सेवा र वर्थिङ सेन्टरको शुरुवात गरिएको छ ।
६. यस गाउँपालिकाको मुख्य चुनौति र समस्या के के हुन् ?
यहाँको मुख्य चुनौति भनेको टेलिफोनको पहुँच छैन् । स्थानीयमा अझै जनचेतनाको अभाव देखिन्छ । विधुतको समस्या देखिन्छ । गाउँपालिकाको केन्द्र टुंगो लागेको छैन् जसले गर्दा नयाँ संरचना वनाउन सकिएको छैन् । समायोजनका कारण कर्मचारी फेरवदल हुने जनशक्ति कम भएकाले काम गर्न केही कठिन भएको छ । अव यि सवै विषयमा राज्य र सरोकारवाला निकायहरुको समन्वय सहकार्यमा अगाडि बढ्ने छौ । गाउँपालिका निति कार्यक्रममा जोड दिएर समाधानतिर लाग्नेछौ ।
७. यहाँको विकास र समृद्धिमा प्रदेश र केन्द्र सरकार सँग कस्तो समन्वय भईरहेको छ ?
हिमा गाउँपालिकाको विकास र समृद्धिमा केन्द्र र प्रदेश सरकार सँग समन्वय हाम्रो मुख्य भूमिका भईरहेको र निरन्तर हुनेछ । अहिले हामी आत्म निर्भर छैनौ । हामीले उत्पादनलाई बढाउन, पर्यटन क्षेत्रलाई प्रवर्धन गर्न, सडक संजाल सहज गर्न, मेघावाट स्तरको विधुत, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य पूर्वाधार तयार गर्ने संरचनाको आधार केन्द्र र प्रदेश सरकारले गर्नुपर्छ । ठूला विकासका कामहरुमा केन्द्र र प्रदेश सरकारले हामीलाई प्रथामिकता दिन आवश्यक रहेकोछ । यसका लागि हामीले निरन्तर समन्वय आवश्यक रहेको छ ।
८. सिञ्जा ओझेलमा परेको छ भन्ने छ नि सिञ्जा सभ्यता संरक्षण गर्न तथा समृद्धिका लागि के के योजना छ ?
हो जतिवेला सिञ्जा एक विशाल सिञ्जा राम्राज्य थियो । धेरै राज्यको कर समेत उठाउने काम देखी सिञ्जाबाट राज्य चलिरहेको थियो । सिञ्जा राज्य पतनपछि हामी आझेलमा पर्यौ । लामो समय पहुँचमा चएनौ । अव राज्यको संरचना परिवर्तन भएको छ । संघीय गणतन्त्र नेपालमा यहाँको विकास र समृद्धिमा हाम्रो जिम्मेवारी छ । सिञ्जामा ३ गाउँपालिका छन् । सिञ्जाको बृहत्तर एकिकृत विकास गर्न भिन्नै कानून निर्माण गरि अगाडि बढ्नुपर्छ । यो केन्द्र, प्रदेस र स्थानीय सरकारको समन्वयमा हुनुपर्छ ।
९. अन्त्यमा तपाई केही भन्न चाहनुहुन्छ ?
जनताको विश्वासिलोअनलाईन कोरपाटीमा यो विशेष अन्तरवार्ताका लागि धन्यवाद, यहाँको विकास र समृद्धिमा मिडियोका ठूलो भूमिका छ । यहाका समस्या र विकास गतिविधिहरु वाहिर ल्याने प्रयासका लागि धन्यवाद ।

प्रतिकृया दिनुहोस्