

काेरपाटी/ जुम्ला ।
कार्तिक ११ गते । जुम्लाकाे हिमा गाउँपालिकामा शुसासनकाे कायम गर्न, माग गर्दै आएका सचेत यूवा र गाउँपालिका बिचमा छलफल भएकाे छ ।
हिमा गाउँपालिकाकाे प्रांगणमा खुला रूपमा सम्पन्न भएकाे छलफलमा मागका बिषयमा वार्ता गर्न र निश्कर्षमा जानका लागि गाउँपालिकाकाे तर्फबाट २ जना र सचेत यूवाकाे तर्फबाट विज्ञ ३ जना गरि ५ जनाकाे वार्ता तथा छानविन समिति गठन गरिने सहमति भएकाे सचेत यूवाका अगुवा मध्यका एक मनाेज शाहीले जानकारी दिनुभयाे ।
गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाही सहितकाे जनप्रतिनिधिकाे टिम र सचेत यूवा विच भएकाे छलफलमा सचेत यूवाले आफ्नाे माग खुला रूपमा राखेका छन् । आफुहरूले २०७४ यताका अनियमितताकाे छानविन हुनुपर्ने सहितका माग राखेर छलफल भएपछि साे बिषयमा गाउँपालिकामा सचेत यूवाले लगाएकाे ताला खुलेकाे छ ।
बार्तामा हिजै निधन भएका हिमाका सचेत यूवाका सदस्य अर्जुन वुढाकाे सम्झनामा अर्जुन बुढा स्मृति फुटवल कप राखिने सहमति भएकाे छ । वार्तामा हिमा गाउँपालिकाका गाउँ गाउँबाट यूवाहरू गाउँपालिका आएका थिए ।
यता हिमा गाउँपालिकाले सचेत यूवाहरू सँग छलफल गरि गाउँपालिकाकाे तर्फबाट बार्ताटाेली गठन भएकाे र सचेत यूवाकाे तर्फबाट वार्ताटाेली छनाैट गरि २१ दिनमा निश्कर्षमा पुर्याईने लक्षय भएकाे प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिनु भएकाे छ ।







