कोरपाटी संवाददातापौष ५, २०७७काठमाडौं

१०२७ पटक

नेकपा स्थायी समिति बैठक केहीबेरमा बालुवाटारमा बस्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बालुवाटारमै बस्ने जानकारी दिए ।
उनले एक बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी बस्ने समेत जानकारी दिए । अहिले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । अरु नेताहरु भने बालुवाटार जाने तयारीमा रहेको बताएका छन् ।
विकसित घटनाक्रमका कारण आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने नेताहरुले बताएका छन् ।