OnlinePana

आज : २०८१ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,बैशाख १४, २०८१जुम्ला,
८० पटक

वैशाख १४ गते । जुम्लामा प्रथम बृहत कृषि, पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सब सुरु भएको छ । जिल्लाको आर्थिक तथा व्यापारिक गतिविधि बढाउन, रैथानेबाली तथा स्थानीय भाषा सांस्कृतिको प्रर्बद्धन गर्ने तथा कला प्रदर्शन गरेर मनोरञ्जन समेत लिने उदेश्यले विहिबारदेखि जुम्लामा बृत्तह महोत्सव सुरु भएको हो ।

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जुम्लाको आयोजनामा बहृत कृषि तथा व्यापार महोत्सवको प्रतिनिधिसभा सदस्य विनिता कठायतले उद्घाटन गर्नु भएको छ । महोत्सवमा खस सस्कृतिका देउडा सहितका नृत्यहरु, दोहोरी, एकल गाउन, विभिन्न समुदायको नाच तथा रयालीबाट शुरु गरिएको छ । प्रतिनिधिसभा सांसद कठायत, स्थानीय तहका प्रमुखहरु र सरोकारवाला निकायको उपस्थितिमा शुरु भएको महोत्सवको प्रनिनिधिसभा सांसद विनिता कठायतले हाम्रो रैथाने कृषि वालि, भाषा, सस्कृति बचाउन यूवा पुस्ताले लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अग्रेजी भाषाको क्रेजको रुपमा आफ्नो भाषा बिर्सने काम झण्डै आफुले पनि गरेकाले नेपाली भाषाको उद्गमस्थल सिंजालाई प्रवर्धन गर्न सरकारले प्रथामिकता दिनुपर्ने बताउनुभयो । पूर्वराज्यमन्त्री गोमा कुँवरले हाम्रो खस सभ्यता र सस्कृति सँगका पहिचान जोगाउन आवश्यक भएको भन्दै कृषि तथा व्यापार मेलालले रैथाने खानाको प्रर्वधन गर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख प्रमुख गौरीनन्द आर्चाय, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही लगायत स्थानीयतहका प्रमुखहरुको सहभागीता रहेको थियो ।

महोत्सवमा लागि राष्ट्रिय गायकहरु एलिना चौहान, सुप्रिम मल्ल, क्रिस क्षेत्री, कलाकारहरु धुर्मुस सुन्तली लगायतका दर्जनौ कलाकार जुम्ला ल्याउने तयारी भईरहेको छ । महोत्सवमा टिकट भने सर्वसाधारण लाई रु एक सय ५०, विद्यार्थीलाई रु एक सय र अपांगता भएका तथा जेष्ठ नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क हेर्न पाईने भएको छ । महोत्सव १० दिन सम्म सचालन हुने भएको आयोजक राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जुम्लाका सचिव विश्वराज खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा विभिन्न प्रकारका स्टलहरु राखिएका छन् ।
लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष कर्णबहादुर बुढ्थापाले महोत्सवमा सवै सरोकारवाला निकाय, सञ्चार माध्यामको सहयोग भएकाले धन्यवाद ज्ञापन गर्दै महोत्सवले यहाँको रैथाने व्यापार व्यवसाय बढ्नेमा अपेक्षा गरिएको जानकारी दिनुभयो ।

क्याप्सन ः जुम्लामा कृषि तथा व्यापार मेलामा स्थानीय खस भेषभुसामा देउडा खेलिदै तस्विर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्