मुल्यवान आमा शब्दनै काफी छ, ’आमा’ “स्वार्ग कहाँ छ ? भनेर कसैले संसारको कुनै पनि आमालाइ सोध्नयो भने सबै आमाको जवाफ एउटै आउदोहो आउछ, छोरा–छोरिको ओठमा खुल्ने मुस्कुरावटी ’आमा’ मलाइ चोटलाग्दा ऐया भन्छिन आमा मेरो आखामा आँसु झर्दा आँसु पुच्छिन र आमा संसारकै सृष्टि अनि मातृभुमी आमा नै हुन जस्ले संसारको अदभुत प्रेम हुने गरेको छ । आमा’ अब मेरो हृदयमा मात्र वसि रहनु भएको छ । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन आमा हो । सर्वप्रथम बोल्न सिकेको शब्द आमा हो । पल पलमा संझना आउने, सुख, दुखमा झझल्को आउने एउटा अनुहार आमा हो ।
नौ महिनासम्म आफ्नो कोखमा राखेर जटिल प्रसव पीडा सहेर पनि सन्तानलाई यस धर्तीमा जन्म दिने महान् देवी आमा हुन् । त्यति मात्र नभएर जन्म दिइसकेपछि पनि आफ्ना दश धारा दूध ख्वाएर आफ्नो दुःख, पीडालाई छिचोल्दै सन्तानकै पालन पोषणमा सदा समर्पित हुन्छिन् । आमा ममताकी खानी हुन् ।
ममताको सागरसम्म पुग्ने, आफ्नो सन्ततिको लक्ष्य प्राप्तिका लागि काखमा स्वोर्गकी परि रारा र तिला अनि एक अनुपम उपहार कान्जिरोवा जस्ता सन्तान च्यापेर हिँड्न सक्ने मेरी आमाको कोखबाट जब यसधर्तिमा पाइला टेके, मेरासबै दिनचार्य सुरुसङ्गै दुःख कष्टका हजारौं पहाडहरूलाई पार गर्दै, तिनै दुःखलाई जीवनको साध्य बनाई प्रेरणादायी सुमधुर गीतका धुनसँगै हजारौं पीडादायी जिवन बोक्न सक्ने गरि, मरुभूमिको खडेरीमा आफू वर्षौंदेखि पानीको थोपाबाट बन्चित भइरहँदा पनि आफ्ना सन्ततिको लागि शीतल र तिर्खा मेटाउने अनेकौ बर्षाको थोपाजस्तै बनिदिने आमा नै हुन ।
आफ्ना हरेक इच्छाहरूलाई तिलाञ्जली दिई सन्ततिको सपनालाई नै सर्वश्रेष्ठ ठान्ने जो आमाका लागि, शब्दहरू कोर्न खोज्दा फिका भइदिन्छन् र लाग्छ सायद कुनै शब्दकोष नै बनेको छैन । म मेरी आमाको निम्ति कुनै शब्द सापटी लिन सकुँ। जीवनको यो अनवरत यात्रामा ’आमा’ तपाइसँग धैरै कुराहरू साटासाट गर्दै बाँकी जीवन ताते गर्दै, बिताउने मन थियो । तर दैवको लिला भनौं या मेरो दुर्भाग्य, १३औं बषन्तंको आधा गन्तव्यमा नै यो, लामो यात्रामा एक्लै हिँड्नुपर्ने अवस्था सिर्जना भइदियो ।
आमाको न्यानोकाख माया ममता अनि आमाले तातेताते गर्दै जब म १३ बर्षको भए । आमाले यो संसारलाई छोडर जानुभयो । आमाको साथछुटेको झन्डै १६ बर्ष भएछ । लाग्थ्यो मेरो साथमा अझै आमा हुनुहुन्छ। सबै गलत साबित भयो, यो धर्तिको कुनै दुनियामा म भेटिन सक्छुहोला, तर आमा भेट्न सपनाहरु देखे जस्तै वनदियो ।
आफूले केही फाइदा नचाहेर यदि कसैले अरुको लागि गर्छ भने त्यो मात्र आमाको व्यवहार हो, अन्यथा आजका हरेक व्यक्तिमा हामी स्वार्थ लुकेको देख्न सक्छौँ। सन्तानका लागि आमा विश्वासकी पात्र समेत हुन् । व्यक्तिको पहिचानमा जसले जस्तो दृष्टिकोण राखे तापनि उसको वास्तविक पहिचान केबल आमाले मात्र गर्न सक्छिन्, किनकि अन्यको नियत स्वार्थमुक्त हुन सक्दैन र सोही अनुसारको दृष्टिकोणले सही पहिचान हुन सक्दैन।
“आमा” भन्ने शव्द ज्यादै उच्च एवं गरिमामय तथा आदरणीय सम्माननीय छ। गरिमा भनेको गौरव तथा महत्व हो।आमा हुनुपूर्व छोरीको रूपमा जन्म लिन्छिन्। छोरीको रूपमा रहँदा बस्दा “आमा” कै काखमा बसेर बुवासँगको लाड प्यारमा असीमित माया ममताभित्र आदर सम्मान प्रदान गर्दै दाजुभाइको समेत स्नेह र प्रेमको वातावरणमा रहेर बावु आमाको साथमा हुर्कर्दै र मौलाउँदै व्यवहारिक शिक्षा ग्रहण गर्दछिन्। यो अवस्था भनेको १४÷१५ वर्षसम्मको उमेर हुन्छ।