OnlinePana

आज : २०८३ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २४, २०८१
१२१२ पटक

जुम्ला, कार्तिक २४ गते , दलित यूवाहरुको शशक्तिकरण तथा खेलाडि प्रतिभाको खोजी भन्दै आयोजन गरिएको खुला फुटवल प्रतियोगितामा तिला गाउँपालिकाको कुँडारी देउति कैलाश यूवाक्लवको टिमले जित हाशिल गरेको छ ।

देउति कैलाश यूवा क्लव तिलाले समाज चेतना क्लव हियाखोलालाई पेनाल्टी सुटआउटमा हराउदै जित हाशिल गरेको हो । प्रथम सो क्लवले रु ६६ हजार ६ सय ७० रुपैया भ्याट सहित पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी दृतीय समाज चेतना क्लव हियाखोलालाई रु ३३ हजार ३ सय ३५ रुपैया पुरस्कार प्रमाणपत्र र मेडल उपलब्ध गराईएको छ । शुरुवाति १३ मिनेटको शुरुमा गोल हान्न सफल भएको समाज चेतना क्लवलाई दोस्रो खेलको अन्तिम करिब ५ मिनेटमा देउति कैलाश यूवा क्लवले गोल फर्काएको थियो । दुवैटिमले वरावरी गोल गरेपछि फुटवल खेलको नियामानुसार पेनाल्टी सुट आउटमा तिलाको देउतीकैलाश यूवा क्लवले जित हाशिल गरेको थियो ।

खेलको समापनमा प्रमुख अतिथि तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले दलित यूवाहरु पनि खेल क्षेत्रमा अब्बल छन् भन्ने यो खेलले देखाएको बताउदै आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले यसमा सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो ।
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह वोहराले दलित समुदाय एक भएर खेलेको खेल राम्रो भएको बताउदै यसमा स्थानीय सरकारको सहयोग हुने प्रतिवद्धता जनाउनुभयो ।

राप्रपाका केन्द्रीय नेता मनसुर सुनारले हामी दलितहरु एकजुट भएर खेलेको खेल निकै रमाईलो उपलब्धीमुलक भएकोमा जोड दिनुभयो । जिल्ला फुटवल संघ जुम्लाका अध्यक्ष भरतबहादुर वुढ्थापाले खेल क्षेत्रमा खेलको नियम वुझ्ने र अनुशासित खेलाडिनै महत्वपूर्ण रहेको बताउनुभयो । दलित संगठनका केन्द्रीय सदस्य मंगला कामीले सवैको सहयोगमा यो खेल सम्भव भएकोमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्