OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर १३, २०७७जुम्ला,
८४२ पटक

खलंगा मंसिर १३ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाह, स्तरउन्नति लगायतका विभिन्न बिषयमा जुम्लाको सर्वदलिय वैठक बसेको छ । वैठकमा प्रतिष्ठानको सेवा प्रवाह, शैक्षिक कार्यक्रम सहित विभिन्न सवालमा छलफल भएको छ ।

जिल्ला समन्वय समिति जुम्लाले आयोजना गरेको वैठकमा जिल्लाका राजनैतिकदलहरुले विभिन्न सूझाव सहित तीनवटा निर्णय गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रतिष्ठानले हाल सम्म गरेका नियूक्ति, भर्ना प्रक्रिया, शैक्षिक कार्यक्रम लगायतका बिषयमा जनगुनासो बढेकाले सार्वजनिक सुनुवाई गर्न अनुरोध गर्ने, एचए स्टाफनर्सको पढाई कर्णाली प्राविधिक शिक्षालयलाई जिम्मा हुने भएकोले प्रयोगात्मक केन्द्रको रुपमा प्रतिष्ठानलाई लिन समन्वय गर्ने, प्रतिष्ठानमा सशुल्क र निशुल्क सेवा लिन आउने सर्वसाधारणले सहज ढंगले जानकारी गराउन र सूचना अधिकारीको अनिवार्यता गर्ने निर्णय गरिएको छ ।

वैठकमा पूर्व राज्यमन्त्री गोमा कुँवरले प्रतिष्ठानको सेवा प्रवाहलाई सजिलो बनाउदै थप फराकिलो र साझा वनाउने प्रयास गर्न सूझाव दिनुभयो । उहाँले कोभिड १९ का विरामीलाई अनुगमन गर्ने समयन्त्रण बलियो बनाउनु पर्ने बताउनुभयो । पूर्व राज्यमन्त्री वलवहादुर महतले प्रतिष्ठान साझा भएकाले कसरी थप वलियो वनाउन सकिन्छ सो बिषयमा जोड दिन आवश्यक रहेको बताउनुभयो । नेकपा जिल्ला अध्यक्ष बिरबहादुुर कुँवरले प्रतिष्ठान गौरवको संस्था भएकाले भएका समस्या जानकारी गराउन सूझाव दिनुभयो । उहाँले निश्चित व्यक्तिका मानिसहरुलाई रोजगारी र विद्यार्थी भर्नामा अवसर प्रतिष्ठानले दिई रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सेवा प्रवाहमा मुस्कान सहितको सेवामा जोड दिन आवश्यक भएको बताउनुभयो । उहाँले नागरिक वडापत्र र वीमा औषधीमा सहज बनाईनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका यूवा नेता महेन्द्र कार्कीले सकारात्मक सवालमा समर्थन सवैको हुनुपर्नेमा जोड दिनुभयो । राप्रपा केन्द्रीय सदस्य वेदबहादुर शाहीले राम्रा कुराको समर्थन र नराम्रालाई सवै मिलेर ईन्कार गर्नुपर्ने बताउनुभयो ।

अनुसन्धानमा जोड :
यसैगरी प्रतिष्ठानको बर्तमान सेवा प्रवाह, शैक्षिक कार्यक्रमका बिषयमा शिक्षाअध्यक्ष डा. निरेश थापाले प्रस्तुतीकरण गर्नुभयो । उहाँले एमविविएसको तयारी पनि भईरहेको जानकारी दिनुभयो । प्रतिष्ठानमा बिस्तारै विरामीको संख्या बढिरहेको र प्रतिष्ठानले अहिले अनुसन्धानलाई समेत जोड दिन शुरु गरेको बताउनुभयो । यहाँको जनशक्तिको राष्ट्रिय अन्तराष्ट्रिय जर्नलमा आर्टिकल प्रकाशन, कर्णाली प्रतिष्ठानको भिन्नै ३,३ महिनामा जर्नल प्रकाशन, अनुसन्धान केन्द्र स्थापना सहित विभिन्न कामहरु शुरु भएको बताउनुभयो । उहाँले सर्वदलिय वैठकमा आएका जिज्ञासाको उत्तर दिनु भएको थियो ।

प्रतिष्ठान ऐन मार्फत जन्मिएकाले संचालनमा खासै कठिनाई नहुने उहाँको दावी छ । यस्तै बर्षेनी खर्च बढि र आम्दानी कम भएको मात्रै होईन ३ हजारको सल्यक्रिया यही हुने भएकाले रु ६० करोडको प्रतिष्ठानले काम गरेको, प्रतिष्ठानले यहाँको रोजगारी सहित, आर्थिक मुहार फेर्दे गरेको बताउनुभयो ।

यसैगरी विभिन्न २६ वटा सेवा प्रवाह गरिरहेको जानकारी गरिएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले खर्चको जानकारी गर्नुभएको थियो । काफ्लले एक बर्षमा रु ४५ करोड खर्च हुने गरेको बताउनुभयो । प्रतिष्ठानको आन्तरिक आम्दानी रु ६ करोड रहेको छ । उहाँका अनुसार माथिल्लो तहका नपाईने विशेषज्ञ वाहेकका अन्य सवैमा विज्ञापनबाटै नियूक्त गरिएका बताउनु भयो । साना साना कार्यालय सहयोगी र कम्पनी मार्फत अधिकार क्षेत्रमा परेका जनशक्ति पनि काम गरिरहेका बताउनुभयो ।

उपकुलपतिबाट सवैदलिय वैठक ईन्कार :
जिल्लाको सर्वदलिय वैठकमा भने उपकुलपति प्रा.डा राजेन्द्रराज वाग्लेले वैठक ईन्कार गर्न भएको छ । आफुमाथी आएका जिज्ञासाको जवाफ दिन नसकेपछि उपकुलपति समेत वोलाईएको वैठकमा कार्यकारी परिषदको वैठक बसाली शिक्षाध्यक्ष डा. निरेश थापा र रजिष्ट्रार विश्वराज काफ्लेलाई वैठकमा पठाएका तर जिल्लाको अपमान गरेको जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले बताउनुभयो । पूर्व राज्यमन्त्री बलबहादुर महतले उपकुलपतिले जवाफदिन नसक्ने भएपछिको डरले नआएका तर उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्ण प्रसाद चौलागाईले उपकुलपतिले जनस्वास्थ्य डिन नियूक्तिमा कानून सम्वद गरेपनि प्रक्रिया मिचेर गरेको विषयमा प्रतिष्ठानका कर्मचारी आन्दोलित भएपछि समाचार लेख्ने पत्रकारहरुका फोन नउठाउने र भेटन पनि नमान्ने, सूचना नदिने बिषयमा अपमान भएको भन्दै भत्र्सना गर्नुभयो ।

उपकुलपतिले अधिकार प्रयोग गरि तेस्रो डीन नियूक्त गरपनि कार्यकारी परिषदको निर्णय विना एकल रुपमा सम्पर्क कार्यालयबाट नियूक्ति गरेका र प्रतिष्ठानलाई भार पर्ने भन्दै कल्याणकारी समाजले ४३ दिन तालावन्दी गरेर खुलेको छ ।

प्रतिकृया दिनुहोस्