OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १५, २०७५जुम्ला
८२८ पटक

जुम्ला सदरमुकाम हिमाली क्षेत्रको सवैभन्दा ठूलो उपत्यका हो । साविक कर्णाली अञ्चलको मुकाम समेत रहेको जुम्ला कर्णालीको भौगोलिक रुपमा प्रशासनिक केन्द्रको रुपमा मानिन्छ । जुम्ला सदरमुकाम अहिले चन्दननाथ नगरपालिका भित्र पर्दछ । चन्दननाथ नगरपालिकाले स्थानीय सरकारको उपस्थिति पछि गरेका कामहरु, चुनौति र भावि योजनाका बिषयमा नेपालको पहिलो घोषित चन्दननाथ नगरपालिकाका महिला मेयर कान्तिका सेजुवालसँग कोरपार्टी अनलाईनका प्रधानसम्पादक नेत्र शाहीले लिनुभएको अन्तरवार्त ।
१. सर्वप्रथम यहाँलाई कोरपाटी अनलाईन अन्तरवार्तामा हार्दिक स्वागत छ । यहाँ चन्दननाथ नगरपालिकाको मेयर भईसकेपछि के के कामहरु भएका छन् ।
धन्यवाद, नेपालको राज्य पुर्नसंरचना सँगै चरणवद्ध निर्वाचनहरु सम्पन्न भएका थिए । जसमा स्थानीय तह पहिलो चरणको निर्वाचनमा म चन्दननाथ नगरपालिकाको मेयरमा मिति २०७५ वैशाख ३१ गते निर्वाचित भईसकेपछि केही कामहरु शुरुवात गरेका छौ । हामीले मिति २०७४ अषाड ३० गते पहिलो नगरसभाको पहिलो वैठक शुरु भयो । जसमा आर्थिक बर्ष २०७४।०७५ को निति तथा कार्यक्रम प्रस्तुत गरे । जसलाई मैले चन्दननाथ नगरपालिकाको ‘विकासको पहिलो मार्गचित्रको’ रुपमा लिएको छु । त्यसपछिका आर्थिक बर्षहरुमा सोही विकास मार्गचित्रलाई कार्यान्वयन गर्न विभिन्न क्रियाकलाप सहित बार्षिक कार्यक्रमहरु अघि बढेका छन् । म निर्वाचित भएको करिब डेड बर्षमा धेरै कामहरु गर्न सफल भएका छौ । जसमध्य केही महत्वपूर्ण कामहरु रहेका छन् । नगरपालिकाको विकासका लागि ‘ नगरगुरु योजना निर्माण भएको, नगरपालिकाभित्र सडक संजालमा वृद्धि भएको र स्तरउन्नति भईरहेको, जुम्ला रारा जोडने फाष्टट्रयाक बनेको, अस्थायी ल्याण्ड फिलसाईट प्रयोग भएको, बसपार्क निर्मााण भई संचालनमा आएको छ । यसका साथै जुगाँडखोला जलविधुत शुरु र एकसय वाटको ठिन्के जलविधुत शुरु भएको, नगरभित्र सिसिटिभी जडानको तयारी भएको, यसैगरी जुम्लाकै समृद्धिका लागि लगानी सम्मेलनको अवधारणा अगाडि बढाएकाछौ ।
२. चन्दननाथ नगरपालिकालाई स्मार्ट सिटि भन्ने अवधारणा छ नि ? के भई रहेको छ ।
चन्दननाथ नगरपालिका अहिले सम्म परम्परागत ढाँचाबाटै चलेको देखिन्छ । यसरी परम्परागत ढाँचाबाट चल्दा विकासका लक्ष्यहरु प्राप्त गर्न र जनतालाई समयमा सेवा सुविधा दिन हामी चुस्त हुन सक्दैनौ । स्मार्टसिटी भन्नाले सूचना र प्रविधिको बढि भन्दा बढि प्रयोग गरेर नगरपालिकाको संचालन ढाँचालाई चुस्त बनाउनु हो । यसको कार्यक्षमता बढाउनु हो । जसको कारणबाट नागरिकको सेवाको लागि बढि भन्दा बढि नतिजा दिन सकियोस । यसका साथै चन्दननाथ नगरपालिका देशको हिमाली भूगोलमा पर्ने कर्णाली प्रदेशको साविक मुकाम, भौगोलिक केन्द्रको रुपमा समेत अवस्थित छ । यो नगरपालिकामा सेवा सुविधा र प्रविधिको विस्तार गर्न सजिलै सकिने भएकाले स्मार्ट सिटि अवधारणा आवश्यक छ भन्ने हो । मुलत ः चन्दननाथ नगरपालिकालाई स्मार्ट सिटिको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उद्योग धन्दाको विकास, स्मार्ट विल्डिङ, स्मार्ट सिटि सेवा, उर्जा व्यवस्थापन, खानेपानी व्यवस्थापन र फोहरमैला व्यवस्थापनमा विशेष ध्यान पुरयाउनु पर्छ भन्ने छ । साथै आार्थिक शुसासन, स्वास्थ्य शिक्षा, कृषि , सेवामा सजिलो पहुच, देखी मानिसका आधारभुत आवश्यकता र अधिकार केन्द्रीत नगरपालिका बनाउने स्मार्ट सिट योजना हो ।
३ चन्दननाथ नगरपालिकाका विशेषता तथा सम्भावनाहरु के के छन ? र कसरी प्रयोग गर्न सकिन्छ
यहाँको चन्दनननाथ नगरपालिकाको विशेषताहरु धेरैे छन् । यहाँ धार्मिक, सास्कृति, अािर्थक, पर्यटकीय देखि विभिन्न प्रकारको सम्भावना र महत्वहरु रहेका छन् । जुम्ला र चन्दननाथ नगरपालिका दुर्लभ मार्सि धानको उत्पादन क्षेत्र हो, स्याउ खेतिको हव जिल्ला, उत्कृष्ट सिमि, भेडावाख्रा पशुपालनको सम्भावना, ऐतिहासिक चन्दननाथ– भैरवनाथ मन्दिरहरु , तिलानदी, कर्णाली प्राविधिक शिक्षालय, वौद्ध स्तुपा, र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल सहित दर्जनौ संरचनाहरु सहितको उत्कृष्ट विशेषता रहेको नगरपालिका हो । यि सम्पतिहरुबाटै थुप्रै सम्भावनाहरु हामीले देखेका छौ । त्यही भएरनै ठूलो लगानी जुटाएर विकास सामथ्र्यको उजागर गरी सम्भावनालाई विकासको परिणाममा बदल्न समेत लागनी सम्मेलनको अवधारणा अगाडि ल्याएका हौ ।
४. चन्दननाथ नगरपालिकालाई समृद्ध बनाउन अर्थात स्मार्टसिटि बनाउन चुनौति र समस्याहरु के के छन् ?
यस चन्दननाथ नगरपालिकामा प्रशस्त्रै सम्भावनाहरु भएता पनि तिनलाई परिणाममा लिनका लागि केही समस्या र चुनौति समेत रहेका छन । मुलत ः नगर गुरुयोजनाको कार्यान्वयन गर्न बजेट अभाव हुनु, नगरपालिकाको आफ्नै भवन र वडागत कार्यालयहरु बन्न नसक्नु, दिगोरुपमा ल्याण्डफिल साईडको व्यवस्थापन हुन नसक्नु, सरकारले बिनियोजन गरेको बजेट अपुग हुनु लगायतका केही चुनौति तथा समस्याहरु छन् ।
५. अव सधै केन्द्र सरकारको मुख नताकेर आफै आर्थिक रुपमा बलियो हुने आधार के के छन् ? कर संकलनमा नगरपालिकाको रणनिति के छ ?
त्यसो होईन, नेपालमा ठूलो राजनितिक परिवर्तन पछि राज्यपुर्नसंरचना मार्फत मुलभूत परिवतर्न भएको र सोही अनुसार निर्वाचन सम्पन्न भई हामीले स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाएका छौ । हामीमा अनुभव विहिनता पनि छ, हामीले सिक्नुपर्नेछ तसर्थ अहिलेनै एक्लै आत्म निर्भर हुने र आर्थिक रुपमा बलियो सम्भावना छैन । तरपनि हामीले यहाँका आर्थिक सम्भावनालाई प्रयोग गर्दै आर्थिक दायर बढाउने हो , जसमा पनि ठूलो आर्थिक लगानी चाहिन्छ । जस्तै जलविधुत स्याउ प्रशोधन, पर्यटकीय पूर्वाधार, कृषिमा अपग्रेड लगायतमा अझै ठूलो लगानी आवश्यक छ ।
आर्थिक रुपले बलियो हुन स्थानीय स्तरमा राजश्वका सम्भावनाहरुलाई हामीले बढ्वा दिनैपर्छ । विशेषगरी चन्दननाथ नगरपालिकाको सन्दर्भमा हामीले अहिले घरवहाल कर, सामान्य सिफारिसहरु दस्तुर ,नक्सापास दस्तुर, पार्किङ शुल्क, मालपोत दस्तुर, घर कर लगायतका करहरु उठाईरहेका छौ । आगामी दिनमा फोहरमैलावाट राजश्व संकलन गर्ने, व्यवसाय कर, जडिवुटि कर समेत उठाउने प्रयास गरेका छौ ।
६. नगर समृद्धिमा संघीय सरकार र प्रदेश सरकार सँगको सहकार्य र समन्वय कस्तो भईरहेको छ ?
हम्रो संघीयताको अवधारणा सहकार्य र साझेदारीको हो भन्ने मैले वुझेको छु । संघ प्रदेस र स्थानीय तहविच स्रोतको वाडफाड र विकास निर्माणमा पररस्पर सहयोग, सदभाव र समन्वय हुनुपर्छ भन्ने मेरो मान्यता हो । सोही अनुसार हामी निरन्तर सहकार्य, समन्वय गरिरहेका छौ र गछौ पनि । तर प्रदेशबाट यस नगरपालिकालाई साधनस्रोेत दिने र समन्वय प्रथामिकता दिनुपर्दछ ।
७. हिमाली क्षेत्रको पहिलो नगरपालिका कसरी राष्ट्रिय संजालमा जोडन सकिन्छ ? र आम नागरिकका अपेक्षा कसरी पुरा गर्दै हुनुहुन्छ
जुम्ला हिमाली क्षेत्रको पहिलो नगरपालिका हो । यहाँ राष्ट्रिय स्तरको सडक संजाल जोडिसकेको छ । अहिले कर्णालीमा पर्यटक वा विभिन्न कामले आउने महानुभावहरु जुम्ला पुगेरै जाने गर्दछन् । यसको अर्थ अव राष्ट्रिय संजाल थप बलियो बनाउन यहाँको पर्यटकीय सम्भावनालाई दुर्त गतिमा अगाडि बढाउन आवश्यक देखिन्छ । यसमा जुम्ला विमानस्थललाई थप क्षमता बिस्तार गर्नुपर्छ, सुर्खेत, रारा सिंजा जुम्ला सदरमुकाम जोडि पर्यटक सर्किट निर्माण गर्नुपर्दछ । यसका साथै हामीले आम नागरिकका अपेक्षा पुरा गर्न चरणवद्ध रुपमा नगरगुरुयोजनाको कार्यान्वयन गर्नेछौ । आवाधिक योजना तर्जुमा गरि बिषयक्षेत्रगत क्रियाकलाप अगाडि बढाउनेछौ । नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्दै सेवा प्रवाहलाई चुस्त बनाउनेछौ ।  धन्यवाद

प्रतिकृया दिनुहोस्