OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर ११, २०७५काठमाडौं
६४७ पटक

यहाँको पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको बिजुली चुकेनी जलविधुत आयोजना टेण्डर प्रक्रियामा अगाडि बढेको छ ।
वैकल्पिक उर्जा, गाउँपालिका र स्थानीयबासीहरुको सेयर लगानीमा शुरु भएको उक्त आयोजना टेण्डर अगाडि बढेको आयोजना संचालन गर्ने चुकेनी संहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर रावतले जानकारी दिनुभयो । उहाँले वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको रु २८ लाख, स्थानीयको सेयर रु २ करोड ५० लाख र गाउँपालिकाको रु १ करोडको सहयोगमा निर्माण सम्पन्न हुनेछ ।
बि.सं २०६९ वैशाख महिनामा उद्घाटन गरिएको उक्त जलविधुत आयोजना रकम अभावका कारण रोकिएको थियो । अव भने वैकल्पिक उर्जा प्रवर्धन केन्द्र, गाउँपालिका र स्थानीको सहयोगले अगाडि बढ्ने पक्का भएको अध्यक्ष रावतले बताउनुभयो । उहाँका अनुसार एशियाली विकास वैंक एडिविले पनि रु ३ करोड लोन दिनेछ । उद्घाटन भएपनि मरिसकेको आयोजना कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको प्रयासले लगानी वैकल्पिक उर्जाले शुरु गरेको उहाँको भनाई छ । यसैगरी पछि सवै स्थानीयवासीको र गाउँपालिको साथले हामी यो बिजुली बाल्न सफल हुने आशा व्यक्त गर्नुभयो । विहिवार टेण्डर भएको उक्त आयोजनाको भने सन बि.सं २०२१ सम्म विजुली वालि सक्नुपर्नेछ ।
जुम्लाको सदरमुकाम खलंगामा साना जलविधुत आयोजनाको ४० बर्ष अगाडिको २२० किलोवाट उत्पादन भएको बत्ति तीब्र जनसंख्या र बजारीकरण भएपछि जुम्ला सदरमुकाममा बत्तिको सकस छ । अव भने ९९८ बिलोवाटको चुकेनी जलविधुत आयोजना निर्माण भएमा पातारासी गाउँपालिका सहित जुम्ला सदरमुकामलाई पनि प्रयाप्त बिजुली पुरयाउने चुकेनी संहकारी संस्था लिमिटेडको लक्ष्य छ ।
उद्योगहरुमा प्रोत्साहन हुने ः
जुम्लाको पातारासी गाउँपालिका जडिवुटिको भण्डारण क्षेत्र मानिन्छ । यहाँ यार्सा, पाँचऔले, भुल्ते, खिरौला सहित दर्जनौ लाखौको जडिवुटि उत्पादन हुन्छ । तर विजुली अभावका कारण जडिवुटि प्रशोधन केन्द्र स्थापना हुन तथा ठूला व्यपारीहरुले लगानी गर्न सकेको अवस्था छैन । अव बिजुली उत्पादन भएमा सजिलो हुने भएको छ । यस्तै जुम्ला सदरमुकाममा पनि प्रयाप्त बिजुलीको अभावमा स्याउ प्रशोधन उद्योग देखी विभिन्न आधुनिक उद्योगहरु फष्टाउन सकिएको छैन । यसैले पनि चुकेनी जलविधुत यहाँको बत्तिबाट हुने विकासको लागि बरदान हुने भएको हो ।
केन्द्रीय प्रशारण लाईनको अध्ययन ः
यसैगरी जुम्लामा केन्द्रिय विद्युत प्रशारण लाइन जडान हुने बताएको छ । कोहलपूर हुदै दैलेखको महावु र कालिकोटको चिल्खाया बाट जुम्लाको लागि ३३ केभीको केन्द्रिय विद्युत प्रशारण लाइन जडान हुने नेपाल विद्युत प्राधिकरणका शम्भुप्रसाद पौडेलले जानकारी दिएको छ ।
जुम्लामा रहेको साना जलविद्युत उपभोक्ता समिति जुम्लाले प्रसारण गर्दै आइरहेको विद्युत सेवा नियमित रुपमा प्रवाह छ वा छैन गुणस्तरीय सेवा छ वा छैन विद्युत सेवा नियमित रुपमा प्रवाह नहुदा उपभोक्ता के कस्ता चुनौतीका विषयमा चन्दननाथ नगरपालिकामा सरोकारवाला निकाय विच छलफल भएको छ । राजनैतिक दल, नागरीक समाज, स्थानीय तहहरुको राय सुझाव संकलन गर्न र केन्द्रिय विद्युत प्रशारण लाइन जडानको अध्यन गर्न जुम्लामा पुग्नु भएका नेपाल विद्युत प्राधिकरणका प्रशासकिय अधिकृत शम्भुप्रसाद पौडेलले यस्तो बताउनु भएको थियो ।
यस्तै केन्द्रिय विद्युतप्रशारण लाइन जडानका गर्न चाहिने आवश्यक समान जिल्ला स्थित सम्पुर्ण सरोकारवाला, राजनैतिक दल नागरीक समाज स्थानीय तहहरुको राय सुझाव संकलन गरे पश्चात टेण्डर आव्हान गरिने भएको छ । प्रदेशसभा सांसद पदमवहादुर रोकायाले विद्युत र सडक अनिर्वाय हुनु पर्ने भएपनि जुम्लाका नागरिकहरुले अझै पनि सहजै रुपमा उपभोग गर्न नपाएको कुरा बताउनुभयो । जुम्लाको विकास र समृद्धिका लागि केन्द्रिय विद्युतप्रशारण लाइन अपरिहार्य भएको सांसद रोकायाले बताउनु भयो । पुर्व सस्कृती पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री बलवहादुर महतले जुम्लामा केन्द्रिय विद्युत प्रशारण लाइन जडान गर्नको लागि विगतका दिन बाटै कडा परिश्रम गर्दै आइ रहेको जानकारी दिनु भएको छ । चन्दननाथ नगरपालिका जुम्लाका प्रमूख प्रशासकीय अधिकृत शिवराज चौलागाइले प्रयाप्त मात्रमा बत्ति नआउदा सरकारी कार्यलय र गैर सरकारी कार्यालयका कर्मचारीहरुको कामकाजमा समेत समस्या हुदै आएको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्