OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आषाढ १६, २०७७जुम्ला,
१९५१ पटक

असार १६ गते । जुम्लाका प्रतिनिधिसभाका सदस्य गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी बर्षको बजेट एउटै नमूना स्याउ र ओखर बगैचामा लगानी गरिने भएको छ ।

टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले ‘नमूना बृहत स्याउ तथा ओखर बगैचा’ बनाएर पुरै बस्तिलाईनै समेटिने गरी एक बर्षको सांसद विकास पूर्वाधारको सवै बजेट प्रयोग गर्ने जानकारी दिनुभएको छ ।

सांसद महतले सो बगैचा क्षेत्रको अवलोकन तथा स्थानीय सरकार सँगको समन्वय पछि बृहत बगैचाका लागि कृषि क्षेत्र तथा पशुपक्षी विज्ञहरु, कृषि अनुसन्धान विज्ञहरु सँग राय सल्लाह समेत माग्नु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयको सहजीकरणमा सुपरजोन सहित कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, पशुपालन तथा भेटेनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेडाबाख्रा केन्द्र गुठिचौरका प्रमुखहरुको सहभागितामा बृहत चक्लाबन्दी बगैचाका लागि कसरी अगाडि बढ्ने, प्राविधिक बिषयहरु के के हुन ? र कसरी सफल हुने भन्ने बिषयमा छलफल गरिएको छ ।

जिल्लाको तातोपानी गाउँपालिकाको गौतमबाडा देखी डाँगीवाडा सम्मको जमिनलाई घेरवार, सिचाई देखी संरक्षण गरि नमूना उत्पादन क्षेत्र बनाईने भएको भन्दै सांसद महतले कृषि विज्ञहरुलाई जानकारी दिनुभयो । उहाँले कृषि विज्ञहरुको उपस्थितिमा राजनितिक परिवर्तन भयो तर आर्थिक परिवर्तन विना समृद्धि असम्भव भएकाले जिल्लाकै नमूनाको रुपमा बगैचा अगाडि बढाउन खोजिएकाले स्थानीय सरकार सहित सवै कृषि क्षेत्रका जानकारहरु र सरोकारवालाहरुको सहयोग समन्वय आवश्यक रहेको जानकारी गर्नुभयो ।

सो बृहत प्याकेज कार्यक्रम निकै राम्रो र जिल्लाकै उत्पादनका लागि नमूना क्षेत्र हुने भएको भन्दै कृषि विज्ञहरुले सूझाव दिएका छन् । कृषि अनुसनधान केन्द्र राजिकोटका प्रमुख राजकुमार गिरी गुणस्तरीय कलामी व्यवस्थापन, सिचाई देखी पोष्ट हारबिष्ट र प्राविधिक बिषयमा बढि ध्यान दिने हो भने स्याउ बगैचा उत्तम हुने बताउनुभयो ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालाकराम देवकोटाले बगैचा क्षेत्रको जग्गालाई २० बर्षका लागि लिजमा लिनुपर्ने, जुम्लाकै डेलिसिस भेराईटिको स्याउ रोप्नुपर्ने, बगैचा क्षेत्रमा एप्पल कटेज समेतको योजना बनाईनुपर्ने सूझाव दिनुभयो । उहाँले अव स्याउ निति र किसान महासंघ समे पनि नेपालमा आवश्यक रहेको सूझाव दिनुभयो । पशुसेवा तथा भेटनरी अस्पतालका प्रमुख गोविन्द महतले बगैचा क्षेत्रमा पशुपालनको प्याकेज पनि थपेमा राम्रो हुने बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अमित भुषण सुमनले स्याउ सँगै स्याउका परिकार बनाउने कुरामा लागनी आवश्यक रहेको बताउनुभयो ।

उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. तिर्थ रिजालले जुम्ला प्रकृतिको बरदान त्यसैमा कृषिको सम्भावित क्षेत्र भएकाले अनुसन्धानलाई जोड दिएर अगाडि बढ्न सूझाव दिनुभयो । उहाँले अहिले मार्सीधानको विकल्पमा चन्दननाथ १ को अनुसन्धान भईसकेको बताउनुभयो ।

स्याउ सुपरजोन कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले अव साना तिना काम नभई जिल्लामा देखिने प्रकारका कृषि क्षेत्रमा काम गर्ने योजना रहेको बताउनुभयो । सवै खाले किसानहरुको सहभागिता हुने गरी पहिलो प्रथामिकतामा घेरवार, सिचाई र संरक्षण मात्र हुने हो भने उत्पादनमा बृद्धि हुनेमा दुई मत नभएको जानकारी दिनुभयो । । सो बगैचाको लम्वाई दुई किलोमिटर र चौर्डाइ एक किलोमिटर रहेको छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले गाउँपालिकाको समृद्धिमा बृहत स्याउ बगैचा सफल हुने भएकाले संघीय सांसद महतलाई धन्यवाद दिनुभयो । उहाँले सोही क्षेत्रमा एक करोड बढिको लिप्ट सिँचाईको डिपिआर सहित अगाडि बढेको बताउनुभयो ।

स्याउ सुपरजोन संचालन समिति संयोजक नारायाणी चौलागाईले संघीय सांसदले सारेको ठोस योजनामा सवैको सहकार्य भई काम गर्न आवश्यक रहेको बताउनुभयो । बगैचाको पहिलो काम घेरबार, दोस्रो सिचाई र तेस्रो संरक्षणका लागी चौकीदार राखिने र यसैका साथै सवै प्राविधिक सल्लाह अनुसार स्याउ बगैचा अगाडि बढ्ने छ ।

यसैगरी सांसद महतले यस अघिका ३ बर्षको बजेट तिला गाउँपालिकाको हिमा नदिमा एक मेघावाटको बजेटमा लगानी गर्नुभएको छ । सो बत्ति अव एक बर्षमा बल्ने आशा गरिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्