OnlinePana

आज : २०८३ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ३०, २०८३जुम्ला
१० पटक

अमितजङ्ग  शाही /जुम्ला ,

वैशाख ३० गते । जुम्लाको हिमा गाउँपालिकामा टेलिफोनले काम नगर्दा सकस भएको छ । गाउँपालिकाका लागि जडान गरिएको टावरले काम नगरेपछि करिब छ महिना देखी गाउँपालिका रहेको जुगाँड क्षेत्र सहित सड्क क्षेत्रका गाउँमा टेलिफोन प्रभावकारी हुन सकेको छैन् ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतका अनुसार जालान्दर भुसालका अनुसार गाउँपालिकामा टेलिफोन नलाग्दा कार्यालयको काममा समेत प्रभावित समेत हुन थालेको छ । उहाँले एनटिसि टावर नआउदा ओटिपि कोड (अनटाईम पासवर्ड)ं पासवर्ड समेत नचल्ने भएको छ । अन्य क्षेत्रको टेलिफोन टिपोस भन्ने उद्देश्यले झ्यालमा मोवाईल राख्ने गरेको छु तर त्यही पनि राम्ररी नआउने गरेको उहाँले थप्नुभयो ।
हिमा गाउँपालिकामा कार्यरत कर्मचारी तथा स्थानीय लोक प्रसाद उपाध्यायका अनुसार गाउँपालिकामा टेलिफोन नलाग्दा कार्यालयको काममा समेत प्रभावित भएकै छ तर गाउँबस्तिमा समेत टेलिफोन प्रभावित भएको छ ।
उहाँका अनुसार हिमा गाउँपालिकाको कस्तुरीभिडमा बनाईएको नयाँ टेलिफोन टावरले करिब छ महिना देखी काम गर्न छोडेको छ । उपाध्यायले भन्नुभयो, पहिले कालिका माध्यामिक विद्यालयमा रहेको भिस्याट प्रणाली थियो, त्यसलाई हटाएर कस्तुरी भिडमा नेपाल टेलिकमको टावर जडान भयो । झन अहिले सो टावर नटिप्ने भएकाले हैरान भएको छ । स्थानीयका अनुसार कस्तुरीभिडमा टावर बनाएपछि क्षमता कमजोर भएपछि हिमा गाउँपालिका क्षेत्र सहित नाग्म गमगडि राजमार्गका बस्तिहरु टेलिफोन बिहिन भएका छन् । स्थानीका अनुसार राजमार्ग क्षेत्रका बाजागाडा, वुअ, चिउडि, जुगाँड, मर्चि, बड्की, आचार्यलिही, देवारगाउँ सड्क क्षेत्रका बस्तिहरु टेलिफोनबाट बन्चित भएका हुन् ।
यता नेपाल टेलिकमले सो टेलिफोन टावरका लागि केन्द्रलाई पत्राचार गरिएको जानकारी दिनुभयो । नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख पारष पुजाराका अनुसार त्यस क्षेत्रमा तलको टेलिफोनको टावर स्थान्तरण गरेर माथि लगिएको थियो । पछि ठुलो टावर निर्माण भयो र हाल तल्लो क्षेत्रमा नटिपेको भन्ने गुनासो भएकाले अहिले गाउँपालिकाले चिठी समेत दिएको थियो । हामीले केन्द्रमा पठाएको जानकारी दिनुभयो । सो टावर फोजी सहितको ईन्टरनेट वाला हो । त्यसको बिषयमा के भईरहेको पुन केन्द्रलाई अनुरोध गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार तिलाको रारालिही माथी बास्थाप्ला क्षेत्रमा समेत टावर निर्माण भईरहेकाले त्यहाँबाट पनि कभर गर्छ कि भन्ने अनुमान गरिएको छ । आर्थिक बर्षको अन्तिममा टावर नहुदा गाउँपालिका र वडापालिकामा समेत काम प्रभावित भईरहेको छ ।

प्रतिकृया दिनुहोस्