जुम्लाका दश गाउँबस्ती छाउँगोठमुक्त घोषणा गरिएका छन् ।
धमाधम छुईगोठमुक्त अभियानमा चलिरहेको समयमा पछिल्लो समयमा यहाँको तातोपानी गाउँपालिका– ५ को लाम्रा गाउँलाई मंगलबार छाउँगोठमुक्त मुक्त घोषणा गरिएको हो ।
तातोपानी गाउँपालिकाको लाम्रा गाउँलाई घोषणा गरेपछि १० औँ गाउँको रुपमा छाउँगोठमुक्त घोषणा भएको छ । यस अघि सोही गाउँपालिकाको श्रीनगर, हियाखोला र जैतपुरका बस्तीलाई छुईगोठ मुक्त घोषणा गरिसकेको छ । असोज ५ गते तातोपानी गाउँपालिकाको वाईराका समेत घोषणा गरिएको छ ।
त्यसैगरी तिला गाउँपालिकाको ढिमकोट, जोगीवाडा, रावतवाडा र पातारासी गाउँपालिका – ५ वडा माथिल्होर्प र तलिल्होर्प गाउँ छाउँगोठमुक्त घोषणा भइसकेका छन् । लाम्रा गाउँका विभिन्न महिला समुह, संजाल तथा सर्वोदय नेपाल, क्याड र एक्सन वक्स जस्ता गैरसरकारी संस्थाको विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै जाँदा अन्ध विश्वास न्युनिकरण हुदै गएको छ ।
महिलाहरु महिनावारी हुदा वा छाउहुदा घरवाट भिन्नै गोठमा वा गाईगोरु बस्ने गोठमा बस्ने चलनका कारण कर्णाली तथा सुदुरपश्चिम क्षेत्रमा लामो समय देखी पिडामा भोगिरहेको समयमा जुम्लामा धमाधम यो अभियानलाई न्यनिरकरण गर्न स्वयं गाउँवासी तथा सरकारी स्तरबाट सकारात्मक प्रयास भएपछि जुम्लाका गाउँवस्ती यो बिषयमा जुरमुराउन थालेका छन् ।
यहाँको तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्याकाअनुसार अहिले महिलामा केही सचेतीकरणको विकास भएको छ, अझै पनि यस विषयमा स्थानीय तहदेखि सरोकारवाला निकायहरुले जोड दिनु आवश्यक छ । यसका लागि गाउँपालिकाले कुनै कसुर नराखी काम गर्ने उपाध्यायले बताउनुभयो ।
महिलाको सुरक्षादेखि रहेक विषयमा विशेष सहयोग गर्ने श्रीमान तथा परिवारलाई स्थानीयले तहले सम्मानका कार्यक्रम ल्याउने तातोपानी गाउँपालिका – ५ का वडाध्यक्ष हरिबहादुर डाँगीले बताउनुभयो । समाजमा सवैभन्दा खराब कुपर्थाको रुपमा रहेको यो चलन हटाउन सकेमा महिलाहरुको अधिकार र विकासमा सकारात्मक परिवर्तन हुने उहाँको दावी छ । जव सम्म महिलाहरुलाई निश्चित घेराभित्र वाधेर राख्छौ तव सम्म परिवारलाई असर हुने उहाँको भनाई रहेको छ ।
तीन सय ५० घरधुरी रहेको लामामा गाउँ मंगलबार औपचारिक रुपमा छुईगोठ मुक्त घोषणा गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी स्थानीय जनप्रतिनिधि तथा आम गाउँबासीले छुई नमान्ने प्रतिज्ञा गरेका छन् ।
सात गाउँपालिका र एक नगरपालिकाका दुई सय १८ गाउँबस्तीलाईनै छुईमुक्त बनाउने हो भने परिवर्तनको आशा गर्न सकिने महिला अधिकाररकर्मीहरु बताउछन् ।
जुम्लाका दश गाउँ छाउगोठ मुक्त घोषणा
तीब्र बन्दै अभियान
नेत्र शाहीकार्तिक ५, २०७५जुम्ला ।
७०३ पटक
- कर्णाली प्रतिष्ठानकाे नेतृत्व चयन: वरिष्ठता, योग्यता र अनुभवलाई प्राथमिकता दिनुपर्छ
- नेकपा हिमा गाउँपालिका वडा अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
- साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासंग्रह लोकार्पण
- कुडारीस्थित करिब ४०० वर्ष पुरानो देवदारको रुख ढल्यो
- हुलाकमार्फत् आजदेखि घरदैलोमै सवारी लाइसेन्स ढुवानी सुरु
- कर्णालीकी ‘जेठी आमा’ शाहीको ११७ वर्षको उमेरमा निधन
- खडानन्द चौलागाईको ‘दशनामी समाजका भ्रम र खस सभ्यता’ कृर्ति लाेकार्पण
- चन्दननाथ सहकारीले पनि किसालाई फाईदा र गुणस्तर कायम राख्दै स्याउ बजारीकरण गर्ने
- कम्युनिष्ट एकताविना मुलुकको समृद्धि र रक्षा संभव छैनः नेता गुरुङ
- राष्ट्रिय प्रसारणकाे बत्ति जाेडिएपछि छानीगाडामा कुटानी पिसानी मिल सञ्चालन, स्थानीयलाई सहज










