OnlinePana

आज : २०८३ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १८, २०८२
१६६ पटक

१७ मंसिर २०८२, बुधबार

सुर्खेतः सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा रहेका अपाङ्गता भएका व्यक्तिलाई आम नागरिक सरह जीविकोपार्जन गर्न योग्य नागरिक बनाउने तर्फ ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।

अपांगता भएका व्यक्तिको ३४ औं अपाङ्गता दिवसको अवसरमा बुधबार सुर्खेतमा आयोजित मूल समारोहमा बोल्दै मन्त्री भण्डारीले करदातायोग्य नागरिक बनाउन सीपमूलक प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभएको हो ।

यसका लागि सामाजिक विकास मन्त्रालयले कृतिम अंग निर्माण, सिप प्रवर्द्धन कार्यक्रम र जीविकोपार्जन जस्ता कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरी कार्यान्वयन चरणमा रहेको जनाउनुभयो । अपाङ्गता सम्बन्धी नीति ल्याउने काम भएको जानकारी दिँदै कार्यान्वयनका गर्न तदारुकताका साथ लागिरहेको उहाँको भनाई थियो।

भूगोलको हिसाबले कर्णालीमा आफै दुःख छ। यस भूगोलमा बसोबास गर्ने नागरिकले अपाङ्गताको दुःख सबैले भोगिरहेका छन्। अपाङ्गता भएका व्यक्तिप्रति राखिने सोच र दृष्टिकोणका कारण भेदभावको अनुभूति हुने गरेको बताउनुभयो । अपाङ्गता मानवीय जीवनमा जतिबेला पनि हुन सक्ने भएकोले मानवता प्रवर्द्धनका हिसाबले निर्माण गरिने संरचना र उनीहरू माथि गरिने व्यवहार तर्फ पनि सचेत हुन आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्