OnlinePana

आज : २०८३ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १८, २०८२
१५५ पटक

१६ मंसिर २०८२, बुधबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दल नेता राजकुमार शर्माले दल नेताबाट राजीनामा दिनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता शर्माले दलका प्रमुख सचेतक कृष्णबादुर जिसीसमक्ष आज राजीनामा दिनुभएको हो । दलका प्रमुख सचेतक जिसीलाई उहाँले पत्रमार्फत सम्बोधन गर्दै लेख्नुभएको छ, “उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।”

कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका उहाँले हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएसँगै दलको नेताबाट राजीनामा दिएको जानकारी दिनुभएको छ । नेकपा (माओवादी केन्द्र) बिगठन भएर नेपाली कम्युनिष्ट पार्टी भएको छ । शर्माले राजीनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टीका बाँकी १२ प्रदेशसभा सदस्यहरुबाट दलको नेता चयन गर्ने बाटो खुला भएको प्रमुख सचेतक जिसीले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्