OnlinePana

आज : २०८२ जेठ ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २९, २०८२
२१ पटक

२८ जेठ २०८२, बुधबार

सुर्खेतः नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्तहरु पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरुमा फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तरगत पछिल्ला छ दिनमा २७ जना फरार अभियुक्तहरु पक्राउ गरिएको हो । विभिन्न अपराधमा संलग्न रही अदालतबाट कैद तथा जरिवाना तोकेर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती अभियुक्तहरु अदालतको फैसला कार्यान्वयन छली फरार रहेका थिए । कर्णाली प्रदेश प्रहरी कार्यालयले विशेष निगरानी, सुराकी र रणनीतिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरी सम्बन्धित अदालतमा पेश गरिएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेका अभियुक्तहरुबाट हालसम्म जम्मा ३२ वर्ष ११ महिना २० दिन कैद सजायसहित रु.तेइस हजार एक सय बराबरको जरिवाना असुल गरिएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार अदालतको आदेशको कार्यान्वयन गर्दै न्याय सम्पादनमा सघाउने उद्देश्यले फरार अभियुक्तहरुलाई खोजी–पक्राउ गर्ने अभियानलाई थप तीव्र बनाइएको छ ।

यो अभियानले अपराधमुक्त समाज निर्माणमा सहयोग पु¥याउने विश्वास प्रहरीले गरेको छ । पछिल्लो समयमा प्रहरीले अदालतको निर्णय शीघ्र कार्यान्वयन हुन सकोस् भन्दै सर्वसाधारणलाई पनि फरार अभियुक्तहरु सम्बन्धी सूचना दिन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्