
४ असार २०८२, बुधबार
सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा रहेको कोपिला भ्याली ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार २०२५’को शीर्ष १० मा कोपिला भ्याली छनोट भएको छ ।
कोपिला भ्याली स्कुल सुर्खेतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत टी–एजुकेसनले दिएको जानकारी अनुसार विश्वको दश उत्कृष्ट विद्यालयभित्र कोपिला भ्याली छनोट भएको बताएको छ । सन् २०२२ को कोभिड महामारीपछि सुरु गरिएको टी–एजुकेसन को पहलमा आधारित पाँच उत्कृष्ट पुरस्कारहरु मध्ये वातावरणीय कार्य श्रेणीमा कोपिला भ्याली स्कुलले उत्कृष्ट १० सूचीमा स्थान बनाएको हो ।
कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लका अनुसार विद्यालयस्तरबाट पर्यावरण संरक्षणमा नेपाल पहिलो पटक विश्वकै दशौं उत्कृष्ट विद्यालयको सूचीमा परेको छ । यो नेपाल र नेपालीका लागि गर्वको कुरा हो । अब त्यही पर्यावरणीय कार्य श्रेणीमा प्रथम ल्याउने कुरामा समग्र नेपालीको आवश्यक सहयोग चाहिएको छ । उहाँले ग्रीन स्कुल क्याम्पसमार्फत विद्यालयले वातावरणीय दिगोपनालाई शिक्षा अभिन्न अंग बनाउँदै अगाडि बढिएको छ ।
विश्वमै दशौं उत्कृष्ट पर्न सफल स्कुलले आगामी सन् २०२५ नोभेम्बर १५ देखि १६ तारिखसम्म यासिमा ब्रिटिस एकाडेमी, अबुधावी युएईमा हुने विश्व स्कुल शिखर सम्मेलनका सहभागी हुनुपर्नेछ । जसका लागि नेपालबाट कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा करिब एक दशकको यात्रा गर्दै गरेको कोपिला भ्यालीले उक्त समिटमा भाग लिनेछ ।
कोपिला भ्याली स्कुलका प्रिन्सिपल राजेनकुमार कार्कीले उत्कृष्ट दश विद्यालयबीचको आपसी प्रतिस्पर्धाबाट प्रथम आउन भोटको आवश्यक पर्ने बताउनुभयो । यसका लागि सम्पूर्ण नेपालीहरुले जतिसक्दो कोपिला भ्यालीलाई मतदान गरी देशको सान, पहिचान र स्वाभिमानलाई विश्वमाझ चिनाउन विशेष सहयोग गर्नुपर्ने उहाँले अनुरोध गर्नुभयो ।
प्रिन्सिपल कार्कीका अनुसार वातावरणीय कार्य श्रेणी विधामा अर्कास बिलिम भे सनत मर्केजी टर्की, दिल्ली पब्लिक स्कुल वाराणासी भारत, गेलान नम्बर टु प्रि–प्राईमेरी स्कुल ईथियोपिया, ईन्स्टिच्यूट टु सिनसियास एग्रो इन्डस्ट्रीज य डेल मेडियो इम्बीएन्टे कोलम्बिया, किङ्स्टन कलेज चिली, ईन्टरनेस्नल स्कुल अफ नाइस फ्रान्स, कोपिला भ्याली नेपाल, अर्बर स्कुल युएई, फिनिस स्कुल अफ कोसोभो, कोसोभो, ईनोभा स्कुल पुकल्पा पेरु विश्व विद्यालय शिखर सम्मेलन भाग लिएर आफ्नो अनुभव नीति निर्माताहरुसँग साझ गर्नेछन् ।
विश्वमा नेपालबाट कहिल्यै कुनै विद्यालय अन्तिम सूचीमा परेको यो पहिलो पटक भएको र यसले समग्र नेपाली शिक्षा क्षेत्रको प्रतिष्ठा बढाएको बताउँदै उहाँले आगामी सन् २०२५ नोभेम्बर १५ देखि १६ अबुधावीमा सम्पन्न हुने शिखर सम्मेलनका सबै विजेताहरुको घोषणा अक्टोबरमा गरिनेछ ।