OnlinePana

आज : २०८२ मंसिर १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १८, २०८२जुम्ला
९ पटक

बषौदेखी घुमन्ते बास

नेत्र शाही /जुम्ला,

मंशिर १६ गते । यस पटक अन्ताष्ट्रिय अपांग दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । सरकारले दिवस मानाउदै गर्दा धेरै अपांगता भएका व्यक्तिको अधिकार र जीवनयापन, स्वास्थ्य अवस्था, शिक्षाको अवस्थाको बिषय अहिले पनि नाजुक अवस्था भएको पाईन्छ ।

जुम्लाको हिमा गाउँपालिका १ बड्की गाउँका रविलाल सुनार (बर्ष) २५ को सुस्तमनस्थिति भएको अपांगता भएका व्यक्ति हुन अपांगता भएकै कारण रविलाले पढ्न सकेनन । पढाई त पर जाओस बषौदेखी घर नभएका कारण उनि सड्क, पेटी, छिमेकी र अन्य गाउँमा घुमेर आफन्तको आश्रय लिनुका साथै अरुकै घरमा जीवन यापन गरिरहेका छन् ।

करिब १५,२० बर्ष अगाडि वुवा रने सुनारले थोरै भएको पुख्यौली जमिन बेचेर तराईमा जानुभयो तर त्यही जग्गा बेचेर पुन भूमिहिन हुनुभयो । रविलालको परिवार पुन हिमा गाउँपालिकाको बड्की गाउँमा आउनुभयो । घरबास केही नभएपछि छिमेकीको आश्रयमा बस्नु भयो । स्थानीय मुनविर सुनार (जौका सुनार) ले रविलालको परिवारलाई एक कोठा बस्ने आवासको रुपमा दिनुभयो । त्यही कोठामा झण्डै डेड दशक देखी आमा लाटी सुनार, सुस्तमनस्थितिका रविलाल र भाई नरेन्द्र बस्दै आए । अहिले भाई नरेन्द्र घरबास नभएपछि पढाई छोडेर भारत गएका छन् । आमा लाटी सुनार बड्की गाउँमा छिमेकीको घरमा जीवन बिताईरहनु भएको छ । तर रविलाल खान र बस्न नपाएपछि गाउँ गाउँ डुलिरहेका छन् । उनि बस्न र खानकै लागि छिमेकी गाउँहरु डुलिसकेका छन् । अहिले उनि कालिकोटमा रहेको परिवारले जनाएको छ । कपडा पनि आफन्त र सहयोगी कोही व्यक्तिले सहयोगबाट गुजारा गरिरहेका छन् ।

रविलाल मानसिक समस्या भएका व्यत्ति m, त्यसैमा एक ठाउ बसाल्ने साहारा दिने व्यक्ति छैन । आमा पनि उस्तै अपांगताको समस्या भएको व्यक्ति हुनुहुन्छ । रविलाल यस्तै हो भन्ने गाउँसमाजको पनि वानि परिसक्यो । उनको घर बनाउनका लागि धेरै पटक प्रयास भएपनि जग्गा छैन् ।

अपांग पुनस्र्थापन तथा विकास केन्द्रका पुर्वध्यक्ष तथा अपांगता अभियान कर्ता नन्दराज धितालका अनुसार जति पनि दिवस मनाएपनि अपांगता भएका व्यक्तिको पैरवि र अधिकारका लागि गरिएपनि वेसाहारा अपांगता भएका रविलाल जस्तैको पुनस्र्थापनमा सरकार वेखबर भएको बताउनु हुन्छ । उहाँले अहिले त स्थानीय सरकार, जनताको सरकार घरदैलोमा हुनु भनेको यस्तै काम गर्ने हो ।

हिमा गाउँपालिका १ बड््की गाउँ निवासी स्थानीय हरिलाल सुनार भन्नु हुन्छ, रविलाल र आमा दुवै जना अपांगता भएका व्यक्ति भएको र लामो समय देखी वेसाहारा भएको बताउनु हुन्छ । उहाँका अनुसार अव उहाँको आवासका लागि जग्गा छैन । जग्गाका लागि पनि चन्दा अभियान गर्न आवश्यक रहेको बताउनुभयो ।

यता हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले रविलालको जमिन हुने वित्तिकै घर बनाउन गाउँपालिकाले पहिलो प्रथामिकता राख्ने बताउनुभयो । उहाँले पहिला पनि जमिन नभएर हो, अव जग्गानै अगाडि बढाउने अभियानमा लाग्न सामाजिक अभिायान थाल्न अनुरोध गर्नुभयो । जग्गा उपलब्ध गराउने काममा पनि हाम्रो सहयोग हुन्छ ।

अपांगता भएका अधिकारकर्मीले पूर्ण अशक्त अपांगता भएका व्यक्तिका लागि सरकारले खरिदार सरहको स्याहार सुसारका लागि सामाजिक सुरक्षा भत्ता दिनुपर्छ भन्ने माग लामो समय देखी उठरहेको छ । तर पुरा हुन सकिरहेको छैन् । रविलालको बसाई केछ ? खाईरहेको छ कि नाई, घुमेन्ते जीवनामा पाएका दुःख र उसको पुनस्र्थापनका लागि हामी यदि जिम्मेवारी हुने हो भने उनको आबास चाहिन्छ । साहारा विहिनको गास, बास, कपासको दायित्व राज्यको हो ।

क्याप्सन : अपांगता भएका व्यक्ति रविलाल सुनार तस्बिर नेत्र शाही, जुम्ला ।

प्रतिकृया दिनुहोस्