OnlinePana

आज : २०८२ चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जुम्लामंसिर १८, २०८२जुम्ला
१५३ पटक

बषौदेखी घुमन्ते बास

नेत्र शाही /जुम्ला,

मंशिर १७ गते । यस पटक अन्ताष्ट्रिय अपांग दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । सरकारले दिवस मानाउदै गर्दा धेरै अपांगता भएका व्यक्तिको अधिकार र जीवनयापन, स्वास्थ्य अवस्था, शिक्षाको अवस्थाको बिषय अहिले पनि नाजुक अवस्था भएको पाईन्छ ।

जुम्लाको हिमा गाउँपालिका १ बड्की गाउँका रविलाल सुनार (बर्ष) २५ को सुस्तमनस्थिति भएको अपांगता भएका व्यक्ति हुन अपांगता भएकै कारण रविलाले पढ्न सकेनन । पढाई त पर जाओस बषौदेखी घर नभएका कारण उनि सड्क, पेटी, छिमेकी र अन्य गाउँमा घुमेर आफन्तको आश्रय लिनुका साथै अरुकै घरमा जीवन यापन गरिरहेका छन् ।

करिब १५,२० बर्ष अगाडि वुवा रने सुनारले थोरै भएको पुख्यौली जमिन बेचेर तराईमा जानुभयो तर त्यही जग्गा बेचेर पुन भूमिहिन हुनुभयो । रविलालको परिवार पुन हिमा गाउँपालिकाको बड्की गाउँमा आउनुभयो । घरबास केही नभएपछि छिमेकीको आश्रयमा बस्नु भयो । स्थानीय मुनविर सुनार (जौका सुनार) ले रविलालको परिवारलाई एक कोठा बस्ने आवासको रुपमा दिनुभयो । त्यही कोठामा झण्डै डेड दशक देखी आमा लाटी सुनार, सुस्तमनस्थितिका रविलाल र भाई नरेन्द्र बस्दै आए । अहिले भाई नरेन्द्र घरबास नभएपछि पढाई छोडेर भारत गएका छन् । आमा लाटी सुनार बड्की गाउँमा छिमेकीको घरमा जीवन बिताईरहनु भएको छ । तर रविलाल खान र बस्न नपाएपछि गाउँ गाउँ डुलिरहेका छन् । उनि बस्न र खानकै लागि छिमेकी गाउँहरु डुलिसकेका छन् । अहिले उनि कालिकोटमा रहेको परिवारले जनाएको छ । कपडा पनि आफन्त र सहयोगी कोही व्यक्तिले सहयोगबाट गुजारा गरिरहेका छन् ।

रविलाल मानसिक समस्या भएका व्यत्ति m, त्यसैमा एक ठाउ बसाल्ने साहारा दिने व्यक्ति छैन । आमा पनि उस्तै अपांगताको समस्या भएको व्यक्ति हुनुहुन्छ । रविलाल यस्तै हो भन्ने गाउँसमाजको पनि वानि परिसक्यो । उनको घर बनाउनका लागि धेरै पटक प्रयास भएपनि जग्गा छैन् ।

अपांग पुनस्र्थापन तथा विकास केन्द्रका पुर्वध्यक्ष तथा अपांगता अभियान कर्ता,एविलिज फाउडेसनद्धारा संचालित शशक्तिकरणको माध्यामबाट अपांगता भएका व्यक्तिहरुको शशक्तिकरण परियोजना संयोजक नन्दराज धितालका अनुसार जति पनि दिवस मनाएपनि अपांगता भएका व्यक्तिको पैरवि र अधिकारका लागि गरिएपनि वेसाहारा अपांगता भएका रविलाल जस्तैको पुनस्र्थापनमा सरकार वेखबर भएको बताउनु हुन्छ । उहाँले अहिले त स्थानीय सरकार, जनताको सरकार घरदैलोमा हुनु भनेको यस्तै काम गर्ने हो ।

हिमा गाउँपालिका १ बड््की गाउँ निवासी स्थानीय हरिलाल सुनार भन्नु हुन्छ, रविलाल र आमा दुवै जना अपांगता भएका व्यक्ति भएको र लामो समय देखी वेसाहारा भएको बताउनु हुन्छ । उहाँका अनुसार अव उहाँको आवासका लागि जग्गा छैन । जग्गाका लागि पनि चन्दा अभियान गर्न आवश्यक रहेको बताउनुभयो ।

यता हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले रविलालको जमिन हुने वित्तिकै घर बनाउन गाउँपालिकाले पहिलो प्रथामिकता राख्ने बताउनुभयो । उहाँले पहिला पनि जमिन नभएर हो, अव जग्गानै अगाडि बढाउने अभियानमा लाग्न सामाजिक अभिायान थाल्न अनुरोध गर्नुभयो । जग्गा उपलब्ध गराउने काममा पनि हाम्रो सहयोग हुन्छ ।

अपांगता भएका अधिकारकर्मीले पूर्ण अशक्त अपांगता भएका व्यक्तिका लागि सरकारले खरिदार सरहको स्याहार सुसारका लागि सामाजिक सुरक्षा भत्ता दिनुपर्छ भन्ने माग लामो समय देखी उठरहेको छ । तर पुरा हुन सकिरहेको छैन् । रविलालको बसाई केछ ? खाईरहेको छ कि नाई, घुमेन्ते जीवनामा पाएका दुःख र उसको पुनस्र्थापनका लागि हामी यदि जिम्मेवारी हुने हो भने उनको आबास चाहिन्छ । साहारा विहिनको गास, बास, कपासको दायित्व राज्यको हो ।

पछिल्लो समय एविलिज फाउडेसनद्धारा संचालित शशक्तिकरणको माध्यामबाट अपांगता भएका व्यक्तिहरुको शशक्तिकरण परियोजना अन्तरगत तिला, हिमाm सिंजा र कनकासुन्दरीमा अपांगता भएका व्यक्तिलाई शशक्तिकरण, अन्तरक्रिया कार्यक्रम भईरहेका छन् । ति कार्यक्रममा रविलला जस्ता अपांगता भएका व्यक्तिको आवासका लागि समेत वहश छलफल भईरहेको छ । अपांग पुनस्र्थापन तथा विकास केन्द्रले पैरवी गरिरहेको जानकारी गरेको छ ।

क्याप्सन : अपांगता भएका व्यक्ति रविलाल सुनार तस्बिर नेत्र शाही, जुम्ला ।

प्रतिकृया दिनुहोस्