OnlinePana

आज : २०८३ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १७, २०८२
२१४ पटक

१६ मंसिर २०८२, मंगलबार

सुर्खेतः सस्तो मोबाइल सुर्खेतले सञ्चालन गरेको ‘चाडपर्व विशेष कुपन उपहार कार्यक्रम’ सुर्खेतमा भव्यरूपमा सम्पन्न भएको छ । दशैं–तिहारको अवसरमा ग्राहकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यसहित शुरु गरिएको कुपन अभियानअन्तर्गत सोमबार सुर्खेतमा औपचारिक कार्यक्रम मार्फत कुपन नतिजा सार्वजनिक गरिएको हो । कार्यक्रमको सार्वजनिक कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका सभापति पुर्ण बहादुर खत्री गर्नुभयो ।

सस्तो मोवाइलले चाडपर्वमा लक्षित गरेर आफ्ना ग्राहकहरुलाई वितरण गरिरहेका कुपनहरूमध्ये भाग्यशाली ३०० भन्दा बढी ग्राहकहरूले आकर्षक उपहार प्राप्त गरेको सस्तो मोबाइलका सञ्चालक सन्दीप मल्लले जानकारी दिनुभया । उहाँका अनुसार, यस वर्ष कुल ४ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्यका उपहारहरू ग्राहकलाई प्रदान गरिएको छ ।

कुपन योजनाअन्तर्गत दुई जनाले सुनको औंठी प्राप्त गरेका छन्। सुनको औंठी पाउने भाग्यशाली चन्दा शाही (कुपन नं.०७) र ललित रोकाया (कुपन नं. ६२२) रहेका छन् । त्यस्तै, शेरबहादुर मल्ल, चन्दा सिंह, प्रकाश बुढा, विनोद कुमार खड्का र अनिता कुमारी बिष्टले स्मार्टफोन प्राप्त गरेका छन् ।

यस बाहेक एयरबड्स, पावर बैंक, हातेघडी, नेकबेण्ड, स्पिकर लगायतका आकर्षक उपहारहरू सयौँ ग्राहकहरूले पाएका छन् । कार्यक्रमपछि सञ्चालक मल्लले सहभागी तथा ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै निरन्तर विश्वास र साथले आफूहरूलाई अझै सेवा सुधार तथा नयाँ योजना ल्याउन प्रेरित गरेको बताउनुभयो । कार्यक्रममा सहभागी नभएका ग्राहकहरुले सस्ता्े मोवाइल सुर्खेतमा सम्पर्क गरी आफ्नो उपहार लैजान पनि उहाँले अनुरोध गर्नुभएको छ ।

“सोमबारको कुपन उपहार सार्वजनिक कार्यक्रममा सहभागी भई साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण अतिथि, शुभेच्छुक तथा ग्राहक महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,” मल्लले भने, “आगामी दिनमा पनि अझ नयाँ र ग्राहकमैत्री योजनासहित सेवा विस्तार गर्दै जाने विश्वास दिलाउँछु”

सस्तो मोबाइल सुर्खेतका शाखाहरू वीरेन्द्रनगरस्थित यरिचोक र पिपिराचोकमा सञ्चालनमा रहेका छन् । कार्यक्रम सम्पन्नसँगै चाडपर्व विशेष कुपन उपहार योजना यो वर्षका लागि औपचारिक रूपमा बन्द भएको छ ।

प्रतिकृया दिनुहोस्