OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ६, २०७७सुर्खेत
१३५३ पटक

सुर्खेत, ६ जेठ २०७७ : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमा नाकामै ¥यापिड डाईग्नोष्टिक टेष्ट गर्ने बताउनुभएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट यस प्रदेशमा भित्रिने नागरिकहरुको प्रदेश सीमा नाकामै अनिवार्य रुपमा दर्ता, यात्रा ईतिहासको अभिलेखीकरण र आरडिटी गरी सम्बन्धित स्थानीयतहमा बताउनुभएको हो । आरडिटी पश्चात् स्थानीय तहले अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइन अवधि पुरा भएपछि अनिवार्य आरटी पिसिआर विधिद्धारा स्वाव परीक्षण गर्ने र परीक्षण रिपोर्ट प्राप्त भएपश्चात संक्रमण नदेखिएका नागरिकलाई तोकिएको समयसम्म अनिवार्य होम क्वारेन्टाइनमा रहने गरी घर पठाउने व्यवस्था मिलाइएको उहाँले जनाउनुभयो ।

नाबेले कोरोना भाइरस (कोभिड–१९)ले विश्व मानव समुदायमा शताब्दीकै ठूलो संकट सृजना गरेको बताउँदै उहाँले यो संकटबाट हाम्रो देश र प्रदेश पनि अछुतो नरहेकोले सरकार उच्च सतर्कता र गम्भीरताका साथ लागिरहेको उहाँले विश्वास दिलाउनुभएको छ । जारी विज्ञप्तिमा भनिएको छ, “कोरोनाको रोकथाम, नियन्त्रण तथा जोखिम व्यवस्थापनका लागि शुरुदेखि नै कर्णाली प्रदेश सरकार आफ्ना सबै श्रोत साधनको परिचालनसहित लागिरहेको छ । प्रदेशलाई कोरोना संक्रमणबाट बचाउन खोज्दापनि दैलेख आठबीस नगरपालिका १ साततलाका ३५ वर्षीयमा युवामा कोरोना संक्रमण पुष्टिको घटनाले सरकारलाई दुखित तुल्याएको छ ।”

यो घटनाले दुःखी बनाएको भन्दै मन्त्री रावलले छिमेकी मुलुक भारतबाट आई क्वारेन्टाइनमा राखिएका व्यक्तिमा संक्रमण देखिएको तर ती व्यक्ति समुदायमा प्रवेश गरिनसकेको नसकेकोले यस घटनाबाट भयभित एवं त्रसित नहुन यद्यपि थप संक्रमण हुन नदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्बन गर्न संक्रमित व्यक्ति, परिवारसहित समग्र कर्णालीबासीमा अनुरोध गर्नुभएको छ ।

कोरोना परीक्षण लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आरटी पिसिआर मेसिनसहितको प्रयोगशाला स्थापना गरी दक्ष जनशक्तिद्वारा विश्वसनीय रुपमा परीक्षण कार्यसमेत भईरहेको उहाँले बताउनुभयो । पुनः पुष्टिका लागि रिफरेन्स ल्याबमा पठाउनुपर्ने प्रयोगशालाको प्राविधिक प्रावधान बमोजिम यस प्रदेशमा गरिएको आरटी पिसिआर परीक्षणको १० प्रतिशत नेगेटिभसहित सबैै पोजेटिभ नमूनाहरु पुनःपुष्टि गर्न नेपालगञ्ज÷राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने गरेको र यो नियमित प्रक्रिया भएको हुँदा यस प्रदेशमा स्थापना गरिएका प्रयोगशालाको गुणस्तर तथा विश्वसनीयताका सम्बन्धमा कुनै पनि भ्रममा नरहन उहाँले अनुरोध गर्नुभएको छ ।

पछिल्लो समयमा विदेशका जोखिमयुक्त क्षेत्रबाट कर्णालीमा प्रदेश भित्रिने नागरिकको संख्या वृद्धि भएसँगै हरेक स्थानीय तहको वडास्तरसम्म परीक्षणको दायरालाई बढाउने प्रदेश सरकारको निर्णय बमोजिम परीक्षण कार्य तीव्रताका साथ अगाडि बढाइएको जनाउँदै उहाँले यो संकटपूर्ण घडीमा सरकारले गरेका निर्णयको कार्यान्वयनमा अहोरात्र खटिरहनुभएका चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी, पत्रकार, नागरिकहरुलाई सम्मान र विशेष धन्यवाद ज्ञापनका साथ परिस्थिति सामान्य नहुँदासम्म धैर्य गर्न र संक्रमणबाट जोगिन उच्च सतर्कता एवं स्वास्थ्य सावधानी अपनाउन सबैमा अपिल गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्