OnlinePana

आज : २०८३ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन ३०, २०८२
३९८ पटक

 

काठमाडौँ /असाेज ३० गते ।

जेन-जीले सरकारसँग वार्ता गर्न समिति बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार सरकार र जेन-जी प्रतिनिधिबीच भएको छलफलमा सरकारसँग वार्ताका लागि समिति बनाउने सहमति भएको हो ।

छलफलमा सहभागी एक जेन्जी नेताका अनुसार वार्ता समिति बनाउने र आन्दोलनको म्यान्डेटअनुसार सरकारसँग सम्झौता गर्ने सहमति भएको छ । वार्ता समिति र वार्ताका लागि समन्वयको जिम्मा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाललाई दिइएको छ ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की, विभिन्न मन्त्री, सरकारी कर्मचारी, जेन-जीका प्रतिनिधिहरु मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए

प्रतिकृया दिनुहोस्