OnlinePana

आज : २०८१ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राम प्रकाश विकआषाढ ९, २०८१ जुम्ला
२३० पटक

समाजमा अझै धेरै सामाजिक समस्याहरु तथा विकृतिहरु ब्याप्त छन् । खास गरी बालबालिकाका तथा महिलाहरुका समस्याहरु धेरै छन् । यि समस्याहरु मध्ये बालविवाह र छाउपडि एक प्रमुख समस्याको रुपमा रहेको छ । बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि सरकारी निकायका विभिन्न कार्यालय तथा गैरसरकारी निकायका कार्यालय, शहरमा गाउँका भित्ताहरुमा बालविवाह रोकथाम सम्बन्धी विभिन्न पोस्टर, पम्पलेट टाँसेको देखिन्छ ।

गुठिचौर गाँउलिका वडा नं ४ मा २१ वटा छाउगोठ भेटिएका छन । पालिका वडा नम्वर ४ मा रहेको प्यकुरेबाडामा ५ वटा र उखाडि गाँउमा १६ वटा छाउपडि गोठ (छुई कुल्लो) भेटिएका छन् । जहाँ वडा चारको बाल विवाह तथा छाउपडि अन्त्य अभियान अन्र्तगत अनुगमन गर्दा भेटिएका हुन । गुठिचौर गाउँपालिकाको वडा नं. ४ मा बालविवाह र छाउपडि प्रर्था विरुद्ध अभियान थालिएको छ । छाउपडि र बाल विवाहले न्यूनिकरण गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । जस अन्र्तरगत गुठीचौर गाउँपालिका ४ उखाडि गाउँकी सम्झना अधिकारीले छुई गोठ भत्काउनु भएको छ । उहाँका छुइृगोठ भत्काउने पहिलो महिला वनु भएको हो। उहाँले छुई गोठमा बस्दा डर हुने भएकाले छुई गोठ भत्काएको बताउनु भयो । उहाँका अनुसार, वडाको टोलि छुईगोठ भत्काउन घरमा पुगेको हुनाले स्वइच्छाले गोठ भत्काएको वताउनुभयो । गोठमा बस्दा जनावर र मानिसको डर हुने र स्वास्थ्य बिक्रने भएकाले वडाको अभियानलाई सफल बनाउन छुई गोठ भत्काएको अधिकारीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै गुठिचौर गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेले वडा भित्र बाल विवाह तथा छाउपडि प्रर्थाको न्यूनिकरणका लागि वडापालिकाले अभियाननै संचालन गर्ने गरेको बताउनुभयो । उहाले बाल विवाह र छाउपडि प्रर्था न्यूनिकरणका लागि वडाले गर्नुपर्ने जस्तोसुकै सहयोगहरु गर्न तयार रहेको बताउदै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

वडामा पराम्परागत रुपमा मानिदै आएको कुसस्कार र कुरिती विरुद्ध वडाबासी एकजुट हुन आवश्यक रहेकोमा वडा अध्यक्ष न्यौपनेको जोड छ । उहाँका अनुसार, छाउपडि प्रर्था बालविवाह नरोकिए सम्म वडाको समग्र विकासमा नकारात्मक असर पर्ने बताउदै यसको न्यूनिकरणका लागि सरकारी तथा गैरसरकारी निकायहरु हातेमालो गरेर अगाडी बढ्न सुझाव दिएका छन् । वडाले छाउगोठ असार ११ गते भित्र भत्काउन निर्देश दिएको छ । समयभित्र नगरेमा कानुनि बाटो अपनाउने उहाँले वताउनु भएको छ ।

त्यस्तै, गुठिचौर गाँउपालिका उपाध्यक्ष शान्ति कुमारि मल्ल(भण्डारि)ले बालबालिका र महिलालाई आगामी आर्थिक वर्षमा प्राथामिकता राखेर वजेट आउने वताउनुभयो । महिलाका लागी उत्पादनमा लगानि गर्ने र आर्थिक रुपमा वलियो वनाउने उहाँको भनाई छ । बाल बिबाहको अवस्था सन्तुष्टि देखिएपनि छाउगोठ यो आर्थिक वर्षमा नसकिने उहाँले वताउनु भयो । उहाँका अनुसार, छाउगोठ अनुगमनमा जादा पहिलो पटक छाउगोठ वस्नेको संख्या धेरै भएको र यसलाई कमगर्ने जोड दिने वताउनुभयो ।

उमेर नपुग्दै विवाह गरेमा छिट्टै आमा बन्न बाध्य हुने, आत्मनिर्भर नहुुदै पारिवारिक जिम्मेवारी उठाउनु पर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी बाट बञ्चित हुनुपर्ने अवस्थालाई अन्त्य गर्ने उहाँले उल्लेख गर्नुभयो । कानुन अनुसार बालविवाह गर्ने वा गराउनेलाई विभिन्न सजाय तथा दण्ड हुने गुठिचौर गाँउपालिका उपाध्यक्ष शान्ति कुमारि मल्ल(भण्डारि)ले वताउनुभयो । जुम्लाको गुठिचौर पालिकामा अझै बालविवाह रोक्न सहज भएपनि छाउपडि न्युुनिकरण हुन समय लाग्ने देखिएको उपाध्यक्ष भण्डारिको धारणा छ ।

त्यस्तै, गुठिचौर ४ वडा अनुगमन गर्दा बाल विवाह र छाउपडि प्रथाको अवस्था सन्तुष्ट जनक नभएको गुठिचौर पालिका प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरिले वताउनुभयो । महिलाको स्वास्थ्य सुरक्षा र सरसफाईको दृष्टिकोणबाट हेर्दा धर्मको नाममा महिलालाई सजाय दिएको उहाँको ठम्यई छ । मानवले मानवलाई धर्मको नाममा ठुलो सजाए दिएको वताउनुभयो । अव विभिन्न जनचेतनामुलक अभियान निरन्तर चलाएर भएपनि अन्त्य गर्ने उहाँले वताउनुभयो । छाउपडि जस्तो जगन्य सजाय भित्र पर्नु भएका दिदिवहिनिले यो अभियानमा साथ दिने आश्वाशन दिएको उहाँको भनाई छ ।

यो अभियान सफल पार्नका लागी जनप्रतिनिधि, वुद्धिजिवि,धामी झाङग्री आम जनताको साथ सहयोगले छाउपडि न्युनिकरण गर्न सकिने अधिकृत गिरिले गनुभयो । यो आर्थिक वर्षमा छाउपडि तथा वाल विवाह अन्त्य गर्न खोजेपनि स्थलगत अनुगमन गर्दा तत्काल गर्न नसकिने निरन्तर अभ्यस जारि रहने उहाँको धारण छ । अधिकृत गिरिले छाउगोठ देख्दा अपराधै गरे जस्तो ठुलो सजाय दिए जस्तो देख्दा मर्माहित र दुखि भएको वताउदै, छाउपडि कम गर्न सवै लाग्न आग्रह गनुभयो ।

त्यस्तै, गुठिचौर गाँउकार्यपालिका सदस्य नन्दरुपा न्यौपानेले सोध्दा छैन घरभित्रै वस्छौ भन्नेपनि अनुगमन गर्दा छाउगोठमा वस्ने गरेको पाएको वताउनु भएको छ। उहाँले अभियानलाई निरन्तरता दिने, सुधारका लागी जनचेतनामुक कार्यक्रमचलाउने वताउनु भयो । अन्धविश्वास संगै बालविवाहको अर्काे मुुख्य कारण गरिबी भएको र जसले सबै क्षेत्रमा नकारात्मक असर पारेको उहाँको भनाई छ ।

अभिभावकहरुको दवावले भन्दा बालबालिबाहरुले आफुु खुुसी बाल विवाह गर्ने गरेको वडा स्तरिय बाल सञ्जालका अध्यक्ष धन प्रशाद न्यौपानेले बताउनुभयो। उहाँले भनुभयो, अभिभावकहरुको दवावमा हुने बालविवाहमा भने अहिले कमी आउन थालेको वताउनु भएको छ । समाजमा अझै पनि बाल विवाह भईरहेको पाईन्छ । बालविवाह सहरी क्षेत्र भन्दा ग्रामिण क्षेत्रमा अझ धेरै बालविवाह हुने गरेको उहाँको भनाई छ ।
अभिभावकहरुको दवावले भन्दा आफुु खुुसी बाल विवाह हुदै, बाल विवाह बारे उजुरी नै नआउने सरोकारवालाहरुको भनाई । नेपालको कानुनले २०बर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह हो। बाल बिवाह न्युुनिकरणका लागि सरकारी र गैरसरकारी संस्था बाट बिभिन्न प्रयास भएता पनि त्यसको खासै प्रभावकारीता देखिएको छैन् । यसले छाउपडि तथा बालविवाह न्युुनिकरणका लागि काम गर्ने निकायको प्रभावकारीता प्रति नै प्रश्न चिन्ह उठाएको छ । यसरी बालविवाह न्युनिकरण चुनौतीपुर्ण बनेको छ ।

प्रतिकृया दिनुहोस्