

जुम्ला /कार्तिक २८ गते ।
जुम्लाको हिमा गाउँपालिकामा सचेत हिमाका यूवाले उठाएको मागको बिषयमा दुई पक्षिय सहमति भएको छ । हिमा गाउँपालिकाको सभाहलमा शुक्रवार सम्पन्न भएको बार्तामा दुईपक्षिय सहमति भई सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
सचेत हिमा र गाउँपालिकाले गठन गरेको बार्ता टिमले गरेको निर्णयमा विभिन्न बिषयका वुद्धाहरु व्यापक रुपमा छलफल गरिएको र सचेत हिमाका यूवाहरुले पार्दशिता, निश्पक्षता, शुसासन कायम नभएको बिषयको अनुशरण तथा ग्रहण गरियो । र भए गरेका गल्ति कमजोरीलाई आगामी दिनहरुमा सच्चिने प्रतिवद्धता सँगै आगामी दिनमा दुई पक्षबाट सहकार्य, समन्वय र एकता गर्दै जाने निर्णय गरिएको छ ।
हिमा गाउँपालिकामा अनियमितता भएको र त्यसको छानविन गर्न भनि गाउँपालिका र सचेत हिमाका यूवाले छानेका समिति विच वार्ता गर्न समिति गठन गरिएको थियो । सचेत हिमाका संयोजक प्रयाग आचार्यले निर्णयमा रहेका समुदायले गरेका मुख्य प्रश्नहरुको बिषयमा सयूक्त अनुगमन गरिने भएको बताउनुभयो । यता गाउँपालिकाले पार्दशिता गाउँपालिकाको अभियान भएकाले यसलाई ध्यान दिने बताउदै आएको छ ।







