OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राम प्रकाश वि.कजेठ १३, २०८१जुम्ला
१७९ पटक

प्रसिद्ध धार्मिक शक्तिपीठ मालिकामाई मन्दिरको घेरवार निर्माणको आईतवार सिलान्यस गरिएको छ । गुठिचौर गाँउपालिका वडा ४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेले सिलान्यस गर्नुभएको हो । दुुर्गम स्थानको मालिकामाई मन्दिरको काँडेतार सहितको घेरवार पाएपछि सुरक्षित हुने भएको छ। घेरवार नहुँदा जथाभावि गाईवस्तु पस्ने मन्दिर फोहोर हुने समस्या मन्दिरले झेल्दै आएकोमा अब भने उक्त समस्याबाट मुक्ति मिल्ने भएको छ।

वडा कार्यालयको बजेटले खुल्ला रहेको मन्दिर परिसर घेरवार गरी खुल्ला चरिचरन बन्द गरिएको गुठिचौर गाँउपालिका वडा ४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेले बताउनुभयो । चिमारा मालिकालाई पर्यटिकय क्षेत्रका रुपमा विकास गर्न पहिलो चरणमा घेरबार गरिएको उहाले वताउनु भएको छ । वडा अध्यक्ष न्यौपानेका अनुसार मन्दिर परिसरमा निर्माण भएका धर्मशाला र मन्दिर हिलो तथा गाईवस्तुको गोबरले फोहोर हुने भएकाले घेरबार गर्न लागिएको बताउनुभयो । घेरवार कार्य राम्रो गर्न् वडा अध्यक्षले निमार्ण उपभोक्ता समितिलाई आग्रह गर्नुभयो ।

वडा पालिकाका, ‘६ लाख लगामीमा मन्दिर घेरवार निर्माण गर्न लागिएको वताउदै, वजेट अभाव भए यो पटक २ लाख थप गर्ने र आगामि आर्थिक वर्षमा वजेटको प्राथामिकता रहने उहाँले वताउनु भएको छ । यसअघि घेरवार नहुँदा दैनिक असुरक्षित हुँदै आएको मन्दिरको घेरवार कार्य भएपछि सुरक्षित हुने भएको छ। यसले गर्दा, स्नान गर्न जाने भक्तजनसँगै पिकनिक गर्न आउनेहरुलाई निकै सहयोग पुग्ने उहाँले वताउनु भएको छ । चिमारा मालिका सम्म जाने बाटोको अवस्था नाजुक भएकाले वडाको रकमबाट मर्मत गरिने वडा अध्यक्ष न्यौपानेको भनाइ छ । माईको मन्दिर रहेको स्थानलाई आन्तरिक तथा बाह््रय पर्यटकहरु आउने वातावरण निर्माण गर्न खोजिएको छ ।

फुलबारीबाट ठाडो उकालोमा बालुवा, सिमेन्ट र सरिया लगायतका सामानहरु ढुवानी गर्न कष्टकरका बाबजुद निर्माण कार्यको थालनी भएको चिमारा मालिका मन्दिर घेरबार उपभोक्ता समितिका अध्यक्ष तुलराज अधिकारीले वताउनु भएको छ । चिमारा मालिका मन्दिर घेरबार उपभोक्ता समितिका अध्यक्ष अधिकारीले घेरबारले मन्दिर र धर्मशाला सुरक्षित हुने बताउनुभयो । उहाँले राम्रो सँग सडक विस्तार गर्न सकेमा पर्यटक वृद्धिसँगै आर्थिक आम्दानि वढाउन सकिने वताउनुभयो । अहिले पनि आन्तिरिक पर्यटक आउने गरेको उहाँको भनाई ।

अहिले मन्दिरसम्म पुग्न गुठिचौर ४ को विगारे र खल्लबाडाबाट कच्चि सडक निर्माण गरिएको छ। गुठिचौर गाँउपालिका वडा ४ को ६ लाख वजेटबाट १सय ६१ मिटर मन्दिर परिसर वरिपरि घेरवार हुने गुठिचौर ४ की प्राविधिक शाधना रावलले वताउनु भएको छ । त्यससँगै मन्दिरमा २ वटा गेट आउजाउ गर्नका लागी निर्माण गरिने वडा प्राविधिक शाधना रावलले वताउनुभयो । यहाँ साउन महिनाबाट भक्तजनाहरु पूजाआज गर्नको लागि आउँने गरेका छन्।

घेरबार कार्यमा पातारासी ४ तिर्खुका महिलाहरुले काम गरि रहेका छन् । निर्माण कार्यमा पुरुष भन्दा महिलाहरु बढी छन्। उनिहरुले बालुवा, सिमेन्ट र सरिवा ढुवानी गर्नुका साथै गिट्टी फुटाउने काम गरि रहेका छन्। जुम्ला सदरमुकामको पूर्व हुँदै गुठीचौर ४ को दशैँदी गाउँ नजिकैबाट करिब १ घण्टाको मोटरसाईकल यात्रापछि चिमारा मालिका पुग्न सकिन्छ। पैदल यात्रा गर्दा पाचँछ घण्टा लाग्ने गरेको छ । फुलबारीमा मोटसाईकल पार्किङ्ग गरेपछि करिब आधा घण्टा जतिको पैदल यात्रापछि चिमारा मालिका डाँडामा पुग्न सकिन्छ । मन्दिरमा पुगेपछि थकान र असहज यात्राको दुःख विसिन्छ । मन्दिरमा आएका जो कोहिले चारैतिरको फोटो खिचेरमात्र फर्किने गरेका छन्। अब मन्दिर भित्र जो–कोही पनि सहजै पस्नसमेत कठिन हुनेछ ।

प्रतिकृया दिनुहोस्