OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जुम्ला, चैत्र २५, २०८०चैत २४ गते ।
११६ पटक

शनिवार पूर्वराजा ज्ञानेन्द्र शाहले जुम्ला भ्रमण गरेका छन् । भ्रमणको क्रममा जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित भएका हुनु भएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले जुम्ला पुगेर गरेको सम्वोधनमा प्राचीन ऐतिहासिक स्थल जुम्लाको खलंगामा यहाँका स्वाभिमानी जनता जनार्दन सामु उभिन पाउँदा आफुलाई गौरव अनुभव भएको बताउनु भएको छ । पुवराजा शाहको उपस्थितिमा यो सुन्दर स्थलमा उपस्थित भइरहँदा मलाई आफ्ना गौरवशाली पिता पुर्खाको पनि सुखद स्मरण भइरहेको छ । साँच्चै नै जुम्ला हामीहरूको राष्ट्रियता, हाम्रो भाषा, हाम्रो धर्म संस्कृति र हाम्रो सुन्दर सुसम्पन्न प्रकृतिको दिव्य धरोहर भएको समेत उहाँले प्रशंसा गर्नु भएको छ ।

उहाँका अनुसार नेपालगंज, दार्चुला, तुला, ताक्लाकोट सम्मको व्यापारिक पहुँच राख्ने यो क्षेत्र खेतीपाती, भेडा, चौरी र घोडा पालनका हिसाबले महत्वपूर्ण रहेकोकाले कालो मार्सि धान, स्याउ, ओखर, केशर र अनेक प्रकारका बागवानी र वन्य वनस्पती जन्य जडीबुटी जुम्लाका आफ्नैपनमा आधारित विशिष्टताहरू रहेका छन् ।

यस्तै अभिनन्दन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञान बहादुर शाहीले कोहि कसैले पार्टीका हिसावले नभएर आफ्नो राजा मान्नु पर्ने बताउनु भयो । नागरिक अभिनन्दन समारोहका संयोजक बिष्णुबहादुर बुढ्थापाले जुम्ला बासिको बिन्तिपत्रलाई स्विकार गरेर आई दिनु भएकोमा धन्यवाद दिदै कार्यक्रममा सरिक हुने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिकृया दिनुहोस्