OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १२, २०८०सुर्खेत
३९ पटक

 १२ चैत २०८०, सोमबार

“चैत ‘बारुवा’ (१२ गते)सम्म आएन भने जुम्ली म¥यो भनि जान्नु” यो जुम्लाको निकै र सत्यतामा आधारित प्रचलित भनाई हो । यसले जीवन र मृत्यु दुवैलाई अथ्र्याउँछ । कालापहाड जाने जो कोही जुम्ली वर्षभरि गरिने कृषि कर्मको महत्वपूर्ण दिन चैत ‘बारुवा’ अनिवार्य पुग्नैपथ्र्यो । कथंकदाचित त्यो दिन पुगेन भने ऊ रहेन भन्ने प्रष्ट पाथ्र्यो ।

साविकका कर्णालीका विशेषगरी, जुम्ला, कालीकोट, हुम्ला, डोल्पा र मुगुको सामाजिक र साँस्कृतिक परिवेशलाई झल्काउने यो भनाई अहिले पनि लोकजीब्रो र लोकजीवनमा आइरहन्छ । सूचना, प्रविधिसँगै पछिल्लो समयमा भएको पूर्वाधार विकासले बिगतको जीवनशैली फेरिएपनि केही परम्परा र चलन विद्यमान नै छन् र जसको अस्तित्व नष्ट गर्न मिल्दैन पनि ।

चैत ‘बारुवा’ कृषि र जीवनसँग जोडिएको महत्वपूर्ण दिन हो । जुन दिनलाई रुपान्तरण गर्नु वा विस्थापन गर्न खोज्नु भनेको त्यहाँको मानिसहरुको जीवन अस्तित्वमा खतरा ल्याउनु हो । मानव जीवन बचाउने अन्नबाली उत्पादनको प्रारम्भिक दिनको महत्व र गरिमालाई बचाउन अपरिहार्य थियो । त्यसलाई गहिरो ढंगले बोध गरेर कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लालाई मात्र विशिष्टिकृत गरी चैत १२ गते धान दिवसका रुपमा सार्वजनिक विदा दिएको छ ।

सोमाबार जुम्लामा सार्वजनिक विदा भयो । यद्यपि किसानहरुले त्यो दिनमा काली मार्सी धानको बीउ भिजाएर कसैले नजिकैको खोलामा भिजाएका छन् । जुम्ली किसानले चार दिनपछि भिजेको धान ‘सोरुवा’ (१६ गते) घरमा ल्याउने र चुल्हो नजिकको मैडोमा राखेर न्यानो हुने गरी ढाक्ने जुम्लाका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले जानकारी दिनुभयो । ‘सोरुवाँ’को दिनमा चिउरा कुटेर खाने तथा बिबाह गरेकी छोरी बहिनीलाई दिने चलन रहेको उहाँको भनाई छ ।

“चार दिनसम्म चुलो नजिक राखेर न्यानो गरी राखिएको धानको बीउमा टुसा उम्रने छ । त्यसपछि ‘बिस्वाँ’ (२० गते) किसानहरुले आ–आफ्नो आलीमा गएर टुसा उम्रेको धान बेर्नामा राख्छन् ।” ‘बिस्वाँ’ को दिनमा कोदो वा मकैको पुवा तेलमा फ्राई गरेर खाने, राम्रा राम्रा लुगा लगाएर खेतबारी रमाउने चलन उहिलेदेखि चलिआएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्