OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २२, २०८० सुर्खेत
२१३ पटक

२२ माघ २०८०, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले सुशासन कायम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने बताउनुभएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सहकारी संस्था समस्या समाधान र सुशासन प्रवद्र्धन विषयक प्रदेशस्तरीय कार्यशालामा बोल्दै मुख्यमन्त्री शर्माले सहकारीमार्फत् जनपरिचालन गरेर विकासमा योगदान दिन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो “सहकारीलाई जनपरिचालनको माध्यम बनाएर अघि बढाउन सके आयआर्जनका क्रियाकलाप अगाडि बढ्न सक्छन् । संविधानले नै समाजवादको कल्पना गरेकाले सहकारीलाई विकासमा योगदान पु¥याउने संस्थाका रुपमा विस्तार गर्न सकिन्छ ।

आर्थिक सम्पन्नताले सुख र समाजिक न्यायले खुशी प्राप्त गर्न सकिने भएकाले आफुले त्यसलाई ध्यान दिएर काम गरिरहेको बताउदै मुख्यमन्त्री शर्माले सहकारीका क्षेत्रमा देखिएका समस्या तीन तहका सरकारले आवश्यक नीतिमार्फत समाधान गर्न सकिने बताउनुभयो । “यसमा देखिएका समस्या, कमजोर व्यवस्थापन आदिमा निर्मम भएर समाधान गरेर अघि बढ्नुपर्दछ,” उहाँले भन्नुभयो, “कर्णालीमा सहकारीमा सुशासन कायम गर्न संघ, प्रदेश र स्थानीय तहमा सहकार्य गरेर मात्र संभव छ ।”

सहकारी, निजी र सरकारी निकायको सहकार्यबाट आर्थिक क्रियाकलापलाई चलायमान गर्न राज्यले तीनखम्बे नीति अवलम्बन गरेको बताउनुभएका मुख्यमन्त्री शर्माले सहकारीका सिद्धान्तलाई पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बिगतमा संघीयता लागुभएका मुलुकको अभ्यास हेर्दा नेपालमा तीव्ररुपमा कार्यान्वयन भईरहेको दावी गर्नुभयो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले अहिलेको अवस्थामा सहकारीमा आवद्ध सदस्यहको विश्वास जित्नु सहकारीका लागि चुनौतिपूर्ण भएका बताउनुभयो । उहाँले भन्नुभयो “सहकारीका सिद्धान्त विपरीतका कार्यले सहकारीप्रति बचतकर्ताको विश्वास घट्दै गएको छ । पूँजी, प्रविधि र प्रतिभाको केन्द्रीकरण सहकारीलाई बनाउँदै लगेर नीति र व्यवहारिक समस्या समाधान गर्नुपर्ने दाहालको भनाई थियो ।

प्रतिकृया दिनुहोस्