OnlinePana

आज : २०८२ जेठ १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २४, २०८०
१४१९ पटक

२४ साउन २०८०, बुधबार

सर्जक तथा गायक प्रकाश शाहीको तीज गीत ‘पशुपतिमा जलहरी’ सार्वजनिक भएको छ ।

उक्त तीज गीत बुधबार शाहीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको शब्द लयसहित अभिनयको भूमिकामा आफै रहेका शाहीलाई ज्योति काफ्लेले साथ दिनुभएको छ । सामाजिक विकृतिविरुद्धका मुद्दाहरुलाई गीतका माध्यमबाट व्यङ्ग्य प्रहार गरिएको उक्त भिडियोले सत्ताको आडमा भएको शक्तिको शक्तिको दुरुपयोगलाई औंल्याएको छ । गायक शाहीले यस गीतमा मुख्यगरी भ्रष्टाचार र व्यथितिका कुराहरुलाई तीज गीतमार्फत उठान गर्नुभएको छ ।

सुर्खेत जिल्ला निवासी सर्जक शाहीका अनुसार ‘पशुपतिको जलहरी’ बनाउदा सुन घोटाला भएको विषयबाट गीत सृजना गरिएको छ । समग्र भ्रष्टाचाका कुराहरुलाई उठान गरेको र छायाङ्कनमा पनि गीतको भाव भएकोले यसले जनमानसको मन जित्ने विश्वास व्यक्त गरिएको उहाँको दावी छ ।

निर्र्मल प्याकुरेलले निर्देशन गरेको उक्त गीतमा माण्डवी त्रिपाठी र शाहीको स्वर रहेको छ भने कोरियोग्राफी अशाोक बस्नेत, छायाङ्कन अर्जुन सापकोटा, एरेन्ज विपिन आचार्यको रहेको छ । त्यसमा अन्य कलाकारहरु गणेशभक्त गौतम, गणेश बस्नेत, कुमार कार्की, देवकी तिमिल्सिना, प्रकाश खत्री, गोपाल पाण्डे, प्रवीण शाही, पूर्णबहादुर भण्डारी र राम रावतको यसमा अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्